शेयर बजारमा हरियाली

काठमाडौँ १७ पौष २०७९ । आइतबार सेयर बजार उकालो लागेको छ ।

आज नेप्से परिसूचकमा १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । २६१ कम्पनीको कारोबारमा एक करोड आठ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसूचकमा हरियाली छाएको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुरसञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । कूल १२१ कम्पनीको सेयर उकलो लागेको छ । ८७ कम्पनीको मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया