शेयर बजारमा २९.६४ अंकको बृद्धि

काठमाडौं २०,जेठ २०७८।

नेप्से आज उच्च अंकले बृद्धि भएको छ । आज बिहिबार शेयर बजार परिसुचक नेप्से २९.६४ अंकले बढेर दुई हजार आठ सय ५६ दशमलब ७७ विन्दुमा पुगेको छ । शेयर बजारमा आज १६ अर्ब ९० करोड ७० लाख बराबरको कारोबार भएको छ ।
आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा मञ्जुश्री फाइनान्स, महिला लघुवित्त, गुरास फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यसैगरी आजको कारोबारमा पञ्चकन्यामाई हाइड्रोपावर र राधी विद्युत कम्पनीका लगानीकर्ताले अधिक गुमाएका छन् ।आज कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । जसको आज एक अर्ब २ करोेड ७० लाख २७ हजार २८७ रुपैयाँको शेयर कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया