शेयर बजार आज पनि स्थिर, हेर्नुस बजारमा के भयो ?
बिजनेसपाटी ६ माघ
लगातार घटेको शेयर बजार परिसूचक आज ०.३२ अंकले बढेर १४६२.५५ अंकमा पुगेको छ।
आज बिहिबार दिनभरमा १३१ कम्पनीको तीन हजार १८६ कारोबारबाट ३३ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
सबैभन्दा बढी रकमको कारोबार यूनियन फाईनान्स प्रमोटर शेयरको भएको छ । यूनियन फाईनान्सको २ करोड ६५ लाख रुपैयाँ बराबरको किनबेच भएको हो। त्यसैगरी आज प्रभु बैंकको २ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
आज बिमा संस्थान कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धरै कमाए भने बिमा संस्थानको मूल्य करिब १० प्रतिशतले बढ्यो। त्यसैगरी कर्णाली विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो। हिमालयन डिस्टिलरी लिमिटेडको मूल्य आज पनि ५.६२ प्रतिशतले घट्यो।
आज बैंकिंङ र उत्पादनमुलक उपसुचक ओरालो लागेको थ्यो भने होटल, विकास बैंक, हाइड्रोपावर, वित्तीय, इन्स्योरेन्स लगाएत उपसूचक ओलारो लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया