शेयर बजार बढेको बढ्यै, नेप्से परिसूचक उच्चतम विन्दुमा
काठमाण्डौ २५ जेठ २०७८ ।
आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्चतम विन्दुमा पुगेको छ । सेयर बजार परिसूचक नेप्सेले आज ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो । नेप्सेका अनुसार आज बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका सबै समूहहरुले नाफा बढाउँदा होटल तथा पर्यटन, माइक्रोफाइनान्सका क्षेत्रहरु ऋणात्मक भएका छन् ।
आज कुल २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १ लाख ४९ हजार ७०८ पटक किनबेच भएको छ । कुल १६ अर्ब ९६ करोड १२ लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया