शेरबहादुरको एकल लगानीमा बिजुली उत्पादन भएपछि गाउँ नै झिलिमिली
बिजनेसपाटी १४ कार्तिक
जाजरकोट, सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बताएका छन् ।करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो ।
स्थानीय पानीघट्टबाट डाइनामा जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता नेपालीले बताए । घट्टबाट बेलुका ६ देखि बिहान ६ बजेसम्म बिजुली निकाल्ने गरिएको छ ।
घरघरमा बिजुली पुगेसँगै टीभी हेर्न, मोबाइल चार्ज गर्न र विद्यार्थीलाई पढ्न सजिलो भएको स्थानीय स्वास्थ्यचौकीका इन्चार्ज वीरराज सिंहले बताए ।
यसअघि सो गाउँका बासिन्दाले सोलार र दियालोको उज्यालोमा जीवन गुजारा गर्नुपरेको थियो ।बिजुली निकाल्न रु तीन लाखभन्दा बढी खर्च भएको नेपालीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया