श्यामाश्याम धाम ठिमिमा संविधान दिवस मनाइयो

बिजनेसपाटी ६ अशोज ।
श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमि राधे राधेमा भक्ति मन्दिरको ११ औ वार्षिकोत्सव तथा तथा संघीय गणतन्त्रात्मक नेपालको चौथो संविधान दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइयो । उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व उद्योग मन्त्री एवं प्रतिनिधि सभा सदस्य महेश बस्नेतले श्यामा श्याम धाम ठिमी स्थित भक्ति मन्दिर परिसरबाट झन्डोत्तलन गरि शुभारम्भ गर्नुभएको थियो । श्री राधा माधव समिति नेपालको आयोजनामा समितिका कार्यवाहक अध्यक्ष गोपाल सापकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वस्नेतले आध्यात्मिक मार्गबाट राष्ट्र हितको लागि कार्य गरिरहेको राधे राधे र राजनैतिक मार्गबाट राष्ट्रहितको लागि काम गरिरहेका राजनैतिक शक्तिहरु राष्ट्रियता र समृध्दिको सवालमा सँगसगै रहेको बताउनुभयो ।्
सो अवसरमा विद्वत समाज नेपालका अध्यक्ष घनेन्द्रपुरुष ढकाल लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो भने डिभाइन युथ क्लव नेपालका सदस्यहरुले राष्ट्रिय पहिचान झल्किने सास्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै सांझ भक्ति मन्दिर श्यामाश्याम धाम परिसरमा दिपावली गरेका थिए । यसैगरि क्लवले संविधान दिवसकै अवसरमा असोज ४ गते हनुमन्ते सफाइ अभियान संचालन गर्र्नुका साथै रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनायो । यसैगरि श्यामाश्याम धाम ठिमीमा भक्ति मन्दिरको वार्षिकोत्सव तथा पितृस्मरण पक्षका अवसरमा आयोजित साधु भोजमा .मिति २०७६ असोज ४ र ५ गते करिब…१५० जना.साधुहरुलाई भोजन , वस्त्र तथा दक्षिणा समर्पण गरियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया