श्रीमतीद्धारा श्रीमानलाई बिमा उपहार

काठमाण्डौ २१ पौष २०७९ ।

पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच हेटौंडा उपनगरपालिका वडा नं ०९ बस्ने अस्मिता भट्टराईले आफ्नो श्रीमान सुुरेेन्द्र प्रसाद न्यौपानेको जन्मोत्सवमा बीमा पोलिसी उपहार स्वरुप दिएकी छिन् । उनले श्रीमानलाई एशियन लाइफ इन्स्योरेन्सको एशियन दम्पती सुरक्षा प्लस योजना बीमा पोलिसी खरिद गरि उपहार दिएकी हुन् ।

उनले भनिन् आज गरेको बीमाले भोलिको भविष्य सुरक्षित गर्दछ त्यसकारण मैले जन्मदिनमा श्रीमानलाई बीमा पोलिसी उपहार दिएकी हुँ । उनले आफ्नो श्रीमानको १५ लाखको बीमा खरिद गरि उपहार दिएर जन्मदिन मनाएकी हुन् ।

एउटै बिमालेखबाट श्रीमान र श्रीमतीको बराबर जोखिम बहन हुनुको साथै २५०/२५० गरी बिमाड़को ५०० प्रतिशत भन्दा बढी जोखिम बहन शुरू भएको सेनियर बिमा एड्भाइजर राजु शाहले बताए ।

एशियन लाइफ इन्सोरेन्स हेटौंडा शाखाका प्रबन्धक हिरालाल श्रेष्ठले जीवन हुदापनि र नहुदा पनि एकले अर्कालाई निरन्तर सम्झिने गरी समझदारी पुर्ण निर्णय लिइ बिमा गराउनु भएकोमा हार्दिक बधाई सहित धन्यवाद ज्ञापन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया