श्रीमतीलाई बन्त्री बनाउन यस्तो दौडधुप !

काठमाडौं–७ भदौ

मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो श्रीमती शैलदेवी महतोलाई मन्त्री बनाउने दौडधुपमा लागेका छन् ।

श्रीमतीलाई मन्त्री बनाउनका लागि महतो प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तकोमा धाइरहेका छन् ।

उनले श्रीमतीका लागि श्रम तथा रोजगार मन्त्रालय मागेका छन् । महतो करिब ५ वर्ष बाषिज्य तथा आपूर्ति मनत्रालय र २ वर्ष स्वास्थ्यमन्त्री भएका थिए ।

सांसद भएमात्र मन्त्री हुने संविधानको व्यवस्थाले गर्दा उनको मन्त्री हुने बाटो बन्द भएको छ । उनी ०७० को चुनावमा सर्लाही ४ बाट पराजित भएका हुन् ।

आफू पराजित भएपछि भएपछि मधेसीको अधिकारको लाग लडेको दाबी गर्दै आएका महतोले श्रमितीलाई समानुपातिक सांसद बनाएका थिए ।आफू सांसद नभएकाले महतो सुरुमा सरकारमा नजाने पक्षमा थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया