श्रीमहालक्ष्मी सहकारी २५औं बर्षमा, विविध कार्यक्रम गरेर रजत महोत्सव मनाँउदै

काठमाण्डौ २२ मंसिर २०८० ।
भक्तपुर जिल्लाको बोडेमा रहेको श्रीमहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था २५औं बर्षमा प्रवेश गरेको छ । सो अवसरमा सहकारीले विभिन्न कार्यक्रमहरु गर्दै रजत महोत्सव मनाउने भएको छ । सहकारीको २५औ बार्षिक साधारणसभा तथा रजत महोत्सवको उपलक्ष्यमा संस्थाको प्राङगणमा पत्रकार सम्मेलन गर्दै सोको जानकारी गराएको हो । भक्तपुर जिल्लामा रहेका सहकारीहरुमध्ये उत्कृष्ठ कार्यसम्पादन गदै आएको श्रीमहालक्ष्मी सहकारीले कुमारी परिशरमा बाल चित्रकला प्रतियोगिता कार्यक्रम, कुमारीदेबीको पुजा अर्चना, खुल्ला रक्तदान, मठ मन्दीर परिशरमा सरसफाइ, २५ दिनसम्म संस्थामा दिपावली, बोडे क्षेत्रमा सुकुन्दा र्याली, सहकारी सन्देश सहितको प्रभातफेरी, सहकारी विज्ञ तथा सामाजिक क्षेत्रमा योगदान दिनुहुनेहरुलाई सम्मान, सदस्यहरुको लागि स्वास्थ्य सेवा प्रदान लगायत दर्जनौ कार्यक्रमहरु गर्दै रजत महोत्सव मनाउन लागेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष कृष्णसुन्दर श्रेष्ठले सबै सदस्यहरुलाई समान रुपले व्यवहार गर्दै सहकारीले कमभन्दा कम ब्याजदरमा सेवा दिँदै आएको बताएका छन् । उनले नीजि स्वार्थमा लागेका केही सहकारीहरुले राम्रा काम गरेकाहरुलाई समेत अप्ठेरोमा पारेको र सहकारी क्षेत्र नै बदनाम गराएको बताएका छन् । तर आफुहरुको प्रयास सहकारी क्षेत्रलाई सामाजिक विकासको कडीको रुपमा विकसित गर्दै लैजाने रहेको उनले बताए । सहकारीका ब्यवस्थापक इन्द्रहरी बुढाले सहकारीको बत्र्तमान आर्थिक अवस्था, आर्थिक बर्ष ०८०(८१का लागि तय भएका कार्यक्रम र रजत महोत्सवमा तय गरिएका विविध कार्यक्रमबारे प्रकाश पारेका थिए । उनले सदस्यहरुको सेवामा संस्थाले गर्दै आएका विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम, तालिम तथा गोष्ठि लगायतबारे प्रकाश पारेका थिए । संस्थाले विभिन्न १० प्रकारका बचत खाताहरु र १६ प्रकारका ऋण शिर्षकहरुमा काम गर्दै आएको उनले बताए । ब्यवस्थापक बुढाका अनुसार हाल संस्थामा कुल २१३० जना शेयर सदस्यहरु रहेका छन् भने संस्थाको कुल सम्पती ९० करोड ७३ लाख रहेको छ । ९ करोड ९५ लाख शेयर पुँजी रहेको सहकारीमा ३ करोड २१ ह्जार जगेडा कोष रहेको छ । त्यसैगरी सहकारीमा कुल ६७ करोड बचत र ५३ करोड बढी ऋण लगानी गरेको छ । तरलताकोे अवस्था ३८ प्रतिशत रहेको छ । संस्थाले हरेक बर्ष जसो १८ प्रतिशत हाराहारी लाभासं वितरण गर्दै आएको छ ।

No description available.


पत्रकार सम्मेलनमा सहकारीका संस्थापक तथा सल्लाहकार विनोद खमुले संस्था स्थापनाको पृष्ठभुमीबारे प्रकास पारेका थिए । ०५६ साल माघमा स्थापना भएको यस सहकारी २९ जना पुर्व शिक्षक तथा कर्मचारी र ब्यापारीहरु मिलेर भएको बताए । एक जना लेखापाल र पिएनको भरमा सुरु गरिएको संस्थाले अहिलेसम्म आउँदा सामाजिक क्षेत्रमा निकै ठुलो योगदान दिएको उनले बताए । शिक्षा, स्वास्थ, कला सँस्कृति सबै क्षेत्रको विकासमा सघाएको यस संस्थाले बोडेबासीको मन जितेको उनले बताए । उनले भने अहिले मध्यपुर नगर क्षेत्रभर कार्यक्षेत्र बढाएको यस मोडल संस्थाको रुपमा स्थापित भएको छ ।
त्यससैगरी कार्यक्रमा बोल्ने अर्का सल्लाकार श्याम सुन्दर खमुले श्रीमहालक्ष्मी सहकारीले सरकारले, बैंकहरुले र अर्थतन्त्रका अन्य संस्थाहरुले नगरेका कामहरु गरेर उदाहरण प्रस्तुत गरेको बताए । सहकारीले धेरैलाई पेशा, व्यवसाय गर्न आर्थिक रुपमा सघाएको उनले बताए । अहिले कतिपय थोरै सहकारीहरुले बदमाशी गरेपनि पुरै सहकारी क्षेत्र बदनाम गरिएको र त्यसमा सकार नै लागेको, बैंकहरु नै लागेको उनले बताए । त्यसैगरी सहकारी क्षेत्र डुबाउन सहकारीकै कतिपय मालिक, नेताहरु लगेको उनले आरोप लगाए । भष्टहरुले सहकारी क्षेत्र नै तहस नहस गर्न लागि परेकाले सबै एकजुट हुनुपर्ने उनले सुनाए । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सुर्य बहादुर घोले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया