श्रीलंकामा पर्यटक आवागमनमा वृद्धि

कोलम्बो चैत २०, २०७९ ।

श्रीलंकाले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित यस पहिलेको प्रक्षेपणलाई संशोधन गरेको छ ।

श्रीलंका पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले सन् २०२३ को पहिलो त्रैमासिकमा पर्यटन क्षेत्रमा देखिएको सकारात्मक प्रवृत्तिका कारण एसएलटीडीएले अनुमानमा संशोधन गरेको बताए।
फर्नान्डोले सन् २०२३ को मार्चका लागि श्रीलंकाले आफ्नो लक्ष्य पार गरिसकेको र महिनाको पहिलो २८ दिनमा एक लाख १२ हजारभन्दा बढी पर्यटक भित्रिएको बताए ।सन् २०१९ पछि पहिलो पटक श्रीलंकाले लगातार तीन महिनादेखि एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको जानकारी उनले दिए । श्रीलंकाले यस वर्ष हालसम्म तीन लाख २३ हजार भन्दा बढी पर्यटकलाई स्वागत गरेको छ ।

चीनमा बढ्दो उडान र प्रवर्धनात्मक प्रयासका कारण चिनियाँ पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको र इजरायलबाट सिधा उडान थप्ने बारे पनि विचार भइरहेको उनले बताए ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने प्रमुख मुलुकमध्येको एक मानिने टापू राष्ट्रको पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक संकटका कारण धरासायी भएको थियो । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया