श्री अ‍ैचो पैंचो सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न

निजगढ २२ कार्तिक
स्थानिय स्तरमा गरिवी निवारण, उद्यमशीलता विकास र आर्थिक सम्बृद्धि एवं सामाजिक रुपान्तरणलाई जोड दिँदै सञ्चालनमा आएको श्री अ‍ैचोपैचों बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा शनिरवार सम्पन्न भएको छ । खासगरी सहकारीले समयको गतिसंगै  आर्थिक बिभेद र आर्थिक बिपन्नता रहेका समुदायलाई माथि उठाउन, हुने खानेहरूसंग निक्षेप संकलन गर्ने , समुदायमा वचत गराउने वानिको विकास गराउने, समाजलाई आय आर्जनतर्फ अनुसाशित बनाऊदै केहि गरू भन्ने समुदाय प्रति लक्षित पुलको काम गर्दै आर्थिक सम्बृद्धितर्फ डोहो-याऊनु संस्थाको मुल ऊदेश्य रहेको छ ।

बारा जिल्लाको निजगढ नगरपालिका अन्र्तगत बागदेवमा रहेको सो सहकारीले स्थापनाको ४ बर्षमा उल्लेख्य प्रगती गरेको कार्यक्रममा उपस्थीत बक्क्ताहरुले बताएका छन । कार्तिक २० गते शनिवार श्री सार्वजनिक माविको सभाहलमा सम्पन्न सहकारीको साधारणसभामा जिल्ला वचत संघ बाराका अध्यक्ष भोलाप्रसाद गौतम प्रमुख अतिथि, शिक्षक हितकोष बाराका अध्यक्ष हस्तबहादुर लामा विशिष्ट अतिथि र अन्य अतिथिहरु रहेका थिए ।saha

निजगढका स्थानिय समाजसेवी एवं राजनीतिज्ञ नारायणप्रसाद गौतमको अध्यक्षतामा सञ्चालनमा आएको सो सहकारीले गत बर्षको नाफाबाट शेयर सदस्यहरुलाई ११ प्रतिशत बोनस वितरण गर्ने निर्णय समेत सभाबाट पारित गरेको छ । शनिवार सम्पन्न साधारणसभा कार्यक्रममा सहकारीका सयौं शेयर सदस्य उपस्थीत थिए । हाल संस्थामा सयौको सङख्यामा शेयर सदस्य रहेका छन भने संस्था बर्षे नी नाफामा सञ्चालित छ ।

सहकारीको आगामी कार्यक्रमहरु यस्ता छन् :

⁃ संस्थाको कार्यक्षेत्रमा समुह बनाई लघुवित्त कार्यक्रम संचालन गरिने छ ।
⁃ राष्ट्रिय सहकारी बैक र राष्ट्र बैक समेतबाट बिभिन्न शिर्षकमा कर्जा प्राप्त गरि सस्तो व्याजमा लगानि गरिने छ ।
⁃ स्थानिय संस्था हरूमा :- ⁃ बागदेव दुग्ध उत्पादक सहकारि संस्था लि. निजगढ ६ श्रि जनजागृति सुन्दर सा वन निजगढ ५ मा आवद्ध कृषक तथा उपभोक्ताहरूको सम्पुर्ण भुक्तानिको व्यावस्था अैचोपैचो मार्फत मिलाइने छ ।
⁃ स्थानिय बचत समुहहरूलाई आबद्ध गर्ने गरि संयूक्त बैठक छलफल भई निर्णय भएकाले यथासिग्र समाबेस गरिने छ।
⁃ अैचोपैचो , सामुदायिकवन , दुग्ध संस्था समेतको सहार्कार्यमा ब्यावशायिक उत्पादन तर्फ दुग्ध उत्पादन ,मासुउत्पादन र तरकारि तथा फलफुल उत्पादनमा समुह निर्माण गर्दै लगानि विस्तार गरिने छ।
⁃ उच्च शिक्षा बाल बचत कार्यक्रम संचालन गरिने छ । यस कार्यक्रम संचालन गर्दा शेयर सदस्य परिवारमा सुत्केरी भै बच्चाको नामाकरण भएकै दिन आमालाई सुत्केरी मसला सहित बच्चालाई निशुल्क खाता खोलिने छ । उक्त खातामा तोकियको अग्रिम मासिक वा बार्षिक रकम जम्मा गर्दै पुरा १५ बर्षमा जम्मा गरिएको रकममा उच्च शिक्षाका लागि दोव्बर भुक्तानि गरिने छ । सो ब्यक्ति आकस्मिक मृतु भएमा सोहि मितिमै जम्मा रकमको दोब्बर भुक्तान गरिने छ । तर यस संस्थालाई संम्बन्धित परिवारवाट सुचना हुनु अनिवार्य छ ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया