श्री बौद्ध तथा मेलम्ची ध्यान गुठीले नित्य पुजाआज गर्दै मनायो बुद्ध जयन्ती

काठमाण्डौ २७ बैशाख
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण यसपटक बौद्ध जयन्ती मनाउने कार्यक्रम देशभर प्रभावित भएको छ । यद्यपी लकडाउनमा घरमै बसेर दीप प्रज्योलन गरेर, बुद्धको उपदेशगाथाहरु सम्झेर २५६४ औ बुद्धजयन्ती मनाउन सरकारले समेत आग्रह गरेको हो । सोही अनुरुप आम गौतम बुद्धका अनुयायीहरुले बैशाख २५ गते बुद्ध जयन्ती मनाएका छन् ।

यसैबीच बौद्ध धर्मालम्बीहरुको श्री बौद्ध तथा मेलम्ची ध्यान गुठी परिवारले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको परा पूर्वकालदेखि बौद्ध स्तुपामा मनाउँदै आएको बुद्ध जयन्ती यसपटक भने नित्य पुजाआज मात्रै गरेर मनाएको छ । गुठीले विगतको झै यसपटक विशेष ढंगबाट बुद्ध जयन्ती मनाउन नसकेपछि पर्न गएको असुविधमा भक्तजन समक्ष क्षमा समेत मागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया