श्रोतालाई चट्ट सलाम भन्दै आए गायक समिर र टीका

अरुण गौतम,सिड्नी,

अस्ट्रेलिया १८ मंसिर
अष्ट्रेलियाको बेफुर्सदिलो दैनिकि त्यसमा पनि आफ्नो गीत संगीतको तथा समाजसेवाको मोहलाई सक्रिय रुपमा निरन्तरता दिने क्रममा छन्, गायक समिर आचार्य । करिब डेढ दशक देखि संगीत क्षेत्रमा सक्रिय छन् चर्चित गायक आचार्य । युवा दर्शक तथा श्रोताहरुको मन जित्न सफल  उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देउन’ ‘ए नक्ककली काली’ बोलको चर्चित गीत श्रोतामाझ पस्किसकेका छन् ।

chhat
केही समय अघि अस्ट्रेलियामा संयुक्त एल्बम “उडान” पस्चात उनले हिजो शुक्रवार ‘तम्रो आँखा गाजले’ बोलको गीतको म्युजिक भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरेका छन् । समिरलाई नेपालबाट अहिलेको चर्चित गायिका टिका प्रसाइले गीतमा साथ दिएकी छिन्। सुदुरपश्चिममा बोलिने भाषालाई समेटेर यो गीत तयार पारिएको गीतको शब्द तथा संगीत गायक समिर आचार्यकै छ, गीतको एरेन्जर मोहित मुनाल छन् भने उक्त म्युजिक भिडियोको निर्देशन मोहन अधिकारीले गरेका हुन् । भिडियोमा मोडल निराजन प्रधान र नम्रता सापकोटाले मोडलिङ गरेका छन् । गीतको भिडियोमा रमाईलो डान्स स्टेप देख्न पाईनेछ ।
गीत रिलिज भयको करिब २४ घण्टामात्र हुँदा युट्युबमा करिब १४,००० दर्शकहरुले हेरिसकेका छन्। गीतबाट आफू अत्यन्तै उत्साहित रहेको समिरले बिजनेसपाटीलाई बताए । बिजनेसपाटी गायक समिर आचार्य तथा टीका प्रसाईलाई अग्रिम शुभकामना दिन चाहन्छ।

गीतको म्युजिक भिडियो यहाँ हेर्न सकिन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया