संक्रमित भएकामध्ये सबैभन्दा बढी ७४ जना रौतहटका

काठमाण्डौ २०जेष्ठ, २०७७
नेपालमा आज एकैदिन २८८ जना कोरोनाका विमारी थपिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रबक्क्ता डा विकास देबकोटाले नियमित ब्रिफिङमा जानकारी दिए । विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा जनामा २८८ कोरोना पुष्टि भएको हो । यो एकैदिन संक्रमण देखिएका हालसम्म कै उच्च संख्या हो । आज संक्रमित भएका मध्ये सबै भन्दा बढी ७४ जना रौतहटका रहेका छन् ।

यससँगै नेपालमा कोरोनाका कुल २०९९ विमारी पुगेका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गइसकेका छन् । हालसम्म २५६ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया