“संगीत नै मेराे भविष्य हो”

काठमाडौं ५ श्रावण ।
जीवन कसैको निकै कष्टपूर्ण त कसैको निकै सुखसाथ बित्ने गर्छ । आखिरमा फरक यति हो, जीवन जीउने कला हुनेले सहजै जीवन जीउछ भने नहुनेले अली कष्ठपूर्ण । तर त्यती भनेर पनि कहाँ भयो र जीवन भनेको दुख र सुखको मिश्रण पनि हो । त्यसैले जन्म जती सुखद हुन्छ, जीवन त्यती सुखी नहुन पनि सक्छ । जीवन सघर्ष हो, सघर्ष जीवन हो । सघर्षबीना जीवनको कुनै अर्थ छैन भने जीवन भएन भने पनि त सघर्ष हुँदैन नी । मानिस जन्मन्छ, हुर्कन्छ, जीवन जिउछ यो आफैमा जीवनको स्वभावीक पाटा हुन । रहर, इच्क्षा, चाहनालाई मार्दै समय, परिस्थिति र बाध्यताको भुमरीमा जेल्लिदै अगाडि बड्छ, जीवन । हो, त्यस्तै भुमरी बीचमा पनि सुन्दर कल्पनाको लहर सँगालेर नेपाली सांगीतिक क्षेत्रमा होमिएको एउटा नाम हो, सुरज थापा । हाल चिसापानी नेपालगन्जमा बसोबास गर्दै आउनु भएका सुरज थापा दैलेख जिल्लामा बुवा मान बहादुर थापा र आमा दिलमाया थापाको कोखबाट २०४३ सालमा जन्मिनुभएको हो । परिवारको माहिलो छोराका रुपमा जन्मिनुभएको उहाँ सानै उमेरदेखी नै संगीतमा रुची राख्नुहुन्थ्यो । २०६० सालमा काठमाडौं आई उहाँले आर आर क्याम्पसमा भर्ना हुनुभयो । उहाँको बुवालाई थाहा नै नदिई घरबाट भागेर आउनुभएकाले आमाले लुकाएर दिएको थोरै पैसाले केहि समय बिताउनुभयो । तर त्यो थोरै पैसाले उहाँको मनको सपना त परै जाओस पैसाले हात मुख नै जोडन समस्या भयो । उहाँ काठमाडौं त आउनुभयो तर यहाँको परिवेश र रहनसहन क्षमताभन्दा र सोचेभन्दा धेरै फरक थियो । संंगीतमा लाग्ने सपना बोकेर घरबाट भागेर काठमाडौ आएपनि उहाँलाई पढ्न समेत पैसा नपुगेपछि संगीत यात्रा सहज हुने कुरै भएन । कोठा भाडा समेत तिर्न नसक्ने अवस्था आएपछि उहाँले परिस्थितिसँग निकै सघर्ष गर्नुपरयो । त्यो सघर्षलाई सम्झने हो भने उहाँको अहिले पनि गहभरी आशु आउँछ । के गर्नुभएन उहाँले त्यो परीवेशसँग जुध्न । उहाँ भन्नुहुन्छ–कहिले कपडा पसलमा भुई र सिसा पुछे, कहिले झोला भरी श्याम्फु र क्रिम बोकेर दुनियाँको घर घर गए त कहिले रिक्सामा चाउचाउ र चिप्स बोकेर पसल पसल धाए ।
जीवनको आफनो दुखेसो पोख्दै भन्नुहुन्छ–काठमाडौंमा सहयोग गर्ने पनि कोही पनि थिएनन् । उच्च शिक्षासम्मको अध्ययन सक्नुभएको उहाँले कमजोर आर्थिक अवस्था कै कारण अध्ययन छोडन बाध्य हुनुपरयो । तर ती दुखकाबीच पनि उहाँलाई रुचीको विषय संगीत मोहले भने छाडेन । विभिन्न एफ.एम, रेडियोहरुमा हुने संगाीतीक कार्यक्रम तथा प्रतियोगितामा उहाँ भाग लिन पुगी हाल्नुहुन्थ्यो । एक पटक उहाँले एच. बिसी एफ.एम को सांगितीक प्रतियोगितामा भाग लिएर प्रथम पुरस्कार स्वरूप १ वर्ष संगीत सिक्ने मौकासमेत पाउनुभएको थियो । उहाँको सांगीतिक क्षेत्रको गुरु लाक्पा शेर्पा हुनुहुन्थ्यो । उहाँकै सहयोगले दोहोरी साझामा हार्मोनीयम बजाउने काम लगाइदिनुभयो । उहाँले त्यहाँ पनि सुरु सुरुमा गीत गाउँन भने पाउनुभएको थिएन् । त्यहाँ उहाँले विस्तारै पछी गएर गीत गाउँन सुरु गर्नुभयो । त्यसपछी गजल अनी क्यासिनोहरुमा गीत र गजल गाउन सुरु गर्नुभयो । त्यो समयमा उहाँका आग्रजहरु रुपम, रुपेश, आरती र विकासले उहाँलाई धेरै सहयोग गरेको बताउनुहुन्छ । गजल अनी क्यासिनोमा गाउने सिलसिला मै उहाँको भेट तबला वादक केशव खड्कासँग भयो । खडकाकै सल्लाहअनुसार सुत्र ब्यान्ड स्थापना गर्नुभयो । ब्यान्ड स्थापना गरेसँगै उहाँले काठमाडौं लगायत देशका बिभिन्न स्थानमा सांगीतिक कार्यक्रमहरु गर्न थाल्नुभयो । ती कार्यक्रमहरुले सुरजको संगीत यात्रा अलिक सहज बन्न थाल्यो र उहाँले आफ्नो पहिलो सांगितीक एल्बम क्रन्दन बजारमा ल्याउनुभयो । क्रन्दन भित्र समावेश बहुला हुँ म बहुला भन्ने गीत निकै चर्चित पनि बन्यो । त्यो गीतको संगीत गर्दा उहाँका हितैसी मित्र मनिष शाहले उहाँलाई गरेको सहयोग अतुलनीय थियो । संगीत क्षेत्रमा एल्बम ल्याए पनि त्यतीबेर सिडि बिक्न नसक्दाको पीडा छुटटै छ । त्यसको खर्च जोड्न नसकेपछि उहाँ केही समय भारत गएर काम गर्नुभयो । केही उपाय नलागेपछी उहाँ विदेश पलायन हुनुपरयो । एक वर्ष बहराइन बसेर फर्केपछि फेरि नेपाली संगीतको गोरेटोमा हिंड्न थाल्नुभयो । संगीतमा संघर्षको क्रम जारी राख्र्नुभयो । उहाँले धेरै सांगितीक प्रतियोगिताहरु जस्तै तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा–२ गर्दै ईण्डियन आइडल–९ को तेस्रो राउन्ड सम्म पनि पुग्नुभयो । तर सफलता भने कतै हात परेन । तर पनि उहाँले हार नमानी पछील्लो समय नेपाल आइडलमा सहभागी भएर टप ११ मा पुग्न सफल हुनुभएको छ । छोरा लाहुरे बनोस भन्ने बुवाको सपनालाई छोडेर संगीत क्षेत्रमा लागेपछि उहाँले आमाको भने सधैं हौसला र साथ पाइरहनुभएको सुनाउनुहुन्छ । बुवा संगीतमा लागे भनेर रिसाउनु भएको छ, उहाँ भन्नुहुन्छ, तर मेरो जीवनको लक्ष्य नै संगीत थियो । कसरी लाहुरे बन्न सक्थे र ? हामी सँग कुरा गर्दै जादा उहाँक आँखा पनि रसाए । गाउलाई सम्झीए, गाउमा पहिले सबैको घर कच्ची थियो । माटो र ढुङ्गाले बनेको तर अहिले सबैको घर पक्की बनीसक्यो । मेरो घर अझै उस्तै छ कच्ची माटोले बनेको, मैले केही गर्न सकेको छैन । संगीतमा लागेरै त्यो घरलाई पक्की बनाउनु छ अनी आमा बाबुको आसु पुछ्नु छ तब मात्र मेरो जीवन सार्थक सावित हुनेछ । नेपाल आइडलमा सहभागी भएपछि अहिले उहाँको चर्चा पनि चुलिएको छ । धेरैले आफ्नै एल्बम निकालेको मान्छे किन फेरी प्रतियोगितामा जानुभयो भनेर प्रश्न पनि गर्ने गरेका छन, उहाँ भन्नुहुन्छ, बुवाको सपनालाई छोडेर यो क्षेत्रमा आएको हुँ । चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ । मलाई विश्वाश छ यस् प्रतियोगिताले म मा अझै निखारता ल्याउने छ । क्लासिकल र सुफी गीतहरुमा बडी रुचाईएका थापा निकै सालीन र भद्र स्वभावका छन् । तर भित्री रुपमा भने उहाँको स्वभाव रोमान्टिक र ठट्टौली किसिमको रहेको नेपाल आइडलमा सहभागी भएर बाहिरिएका अन्य प्रतियोगिहरुले बताउने गरेका छन । नेपाल आइडलमा उहाँको यात्रा निरन्तर जारी छ । उहाँको नेपाल आइडल यात्रा तब सफल सावित हुनेछ जब यहाँहरुले अत्याधिक भोट गरी उहाँलाई साथ दिनुहुनेछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया