संजिव कार्कीको तीज गीत ‘फुल फुलेको डालीमा’ युटुबमा

बिजनेसपाटी २३ साउन ।
चर्चित लोक गायक तथा गायिका महेश सिंह र देबी घर्तीको तीज गीत ‘फुल फुलेको डालीमा’ युटुबमार्फत सार्वजनिक गरिएको छ । हालैमात्र सार्वजनिक यस गीतले आउँदै गरेको हरितालिका तीजमा महिला दिदि बहिनीहरुलाई भरमग्दुर मनोरञ्जन दिने आशा लिइएको छ । महेश सिंह र देबी घर्तीको सुमधुर आवाजले सजिएको यस गीतको शब्द सिर्जना राजेन्द्र विपिले गरेका हुन् । गीतको भिडियोमा संजिव कार्की र एन्जिला कार्कीले दमदार अभिनय समेत गरेका छन् । चर्चित निर्देशक देबेन्द्र कुँवरद्धारा निर्देशित यस म्युजिक भिडियो जनकराज अधिकारीले छायाँकन गरेका छन् । राजधानी फिल्मस् प्रालिले बजारमा ल्याएको यस गीतको सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् ।
भिडियो हेर्न तल क्लीक गर्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया