संविधानको एउटै धारा पनि परिवर्तन हुँदैन : बामदेव गौतम

पोखरा २९ श्रावण

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले अघिल्लो सरकार गिराउन कुनै तथ्यगत आरोप लगाउन नसकी विपक्षमा बहुमत पुर्‍याएर अर्को सरकार बनाइएको उल्लेख गरे । उनले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने उल्लेख गर्दै देशलाई टुक्रयाउन एमालेले कदापि नदिने बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया