संविधानमा होस्-नहोस्, नेपाल हिन्दु देश होः देउवा

काठमाडौं १५ असोज, ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले भने  संविधानमा जे लेखिएको भएपनि नेपाल हिन्दु देश हो  ।

राजधानीमा एक  कार्यक्रममा शुक्रबार डेढ घण्टा विताएका काँग्रेस सभापति देउवाले भने, संविधानमा होस्, नहोस् नेपाल हिन्दु देश नै हो ।’

उनले अघि भने, म हिन्दु हुँ । यो देश हिन्दु हो । संविधानले के भन्छ भन्दा पनि नेपाली जनता हिन्दु हुन् । त्यसैले सबै आस्थावान छन् ।’

२०६२/०६३ सालको जनआन्दोलनपछि पुर्नस्थापित भएको प्रतिनिधिसभाले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेकामा संविधानले पनि धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया