संविधान र लोकतन्त्रको अपहेलनाको सरकारलाई सफल हुन दिने छैन— प्रचण्ड

काठमाडौं, फागुन २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कुन पनि प्रतिगमनकारी कदमलाई आफू लगायत आफ्नो दलले सफल हुन नदिने बताएका छन् ।

दुई तिहारको अंहकारमा सरकारले देखाएको दम्भ र यसैमा आफूलाई उभ्याएर दौडाएको घोडाले नै लाखौ जनतालाई सडकमा पु¥याइएको हो । बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिनुको कारण पनि यो दुई तिहाइको सरकारलाई दिएका छन् ।

‘बेथिति र विक्रिति बोकेको सरकारको नालायकपनकै कारण अहिले नेपाली जनता नै राजावादीहरुको ¥यालीमा उत्रेका हुन् भन्दै प्रचण्डले यस्ता किसिमको प्रतिगमनलाई सफल हुन नदिने बताए । अहिले राजाबादीहरु सलबलाएर बन्द कोठाबाट सडकसम्म आएर राजतन्त्र पुनस्थापनको चुनौती दिन थाली सकेका छन् । आखिर राजावादीको समर्थनमा उत्रेका जनता पनि त नेपाली नै हुन यसरी नेपाली जनताको विश्वास सरकारप्रति दिनप्रतिदिन घट्दै जानु भनेको सरकारको कमजोर पक्ष हो, उनले भने ।

यसरी संघीय लोकतान्त्रिक सरकार देशमा यस्ता किसिमका गतिविधिहरु बढिरहँदा रमिते भएको छ । यो ठूलो खतराको संकेत हो । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन् । संविधान र लोकतन्त्रको अपहेलना गर्दै सरकारमा बस्ने अधिकार वर्तमान सरकारलाई नभएको बताए ।

संविधानको हस्ताक्षरकर्ताको हिसावले आफू अब चुप नबस्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मर्नुभन्दा अगाडि संविधान र लोकतन्त्रको जिम्मा आफूलाई दिएको समेत बताए ।अहिले लोकतन्त्रको लक्ष्मण रेखा नाघेर वर्तमान सरकारले जुन ढंगले काम गरिरहेको छ त्यो आफू टुलुटुलु हेरेर नबस्ने समेत उनले बताएका छन् ।।

फेसबुकबाट तपाईको प्रतिक्रिया