संविधान संशोधन नभए खारेजी : उपेन्द्र यादव
जनकपुर २८ श्रावण
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन मार्फत आफूहरुको माग सम्वोधन नगरिए खारेजीको मुद्दाअघि सारिने बताएका छन् । पार्टी भेलाको उद्घाटन गर्दै यादवले संविधान संशोधन गर्न एमालेको सहयोग आवश्यक रहेको बताए ।
‘एमालेले सहयोग गर्न इंकार गरे संविधान खारेजीको माग अघि सार्छौं,’ यादवले भने ‘कथंकदाचित एमालले सहयोग गरेन र संविधान संशोधन भएन भने हामी यथास्थितीमा संविधान मान्न बाध्य हुने छैनौं ।’ उनले एकल जातीय राज्यको निरन्तरता दिने मनसायले संघीयताको खाका ल्याइएको आरोप लगाए । यादवले भने-‘पहिचान, स्वायतता-स्वशासन तथा आत्मनिर्णयको अधिकार बिनाको संघीयता एकल जातीय राज्यको निरन्तरता वाहेक अरु हुनै सक्दैन ।’ संविधानका कुल ३ सय ७ मध्ये २ सय ३८ धारा तुरुन्त संशोधन गर्ने खालको रहेको उनले भने ।
यादवले केपी ओली नेतृत्वको सरकारले थालेको स्थानीय निकाय पुर्नसंरचनाको कार्य अविलम्ब रोक्नु पर्ने समेत बताए । उनले पुर्नसंरचनाको नाममा ओली सरकारले माथिल्लो सदन-अपर हाउस० कब्जा गर्न षडयन्त्र गरेको आरोप लगाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया