संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने :सभापति देउवा
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_600,h_450/https://businesspati.com/wp-content/uploads/2016/03/ser-brd.jpg)
काठमाडौँ १२ मंसिर
वीरगन्ज – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने बताएका छन्। नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आइतबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा एमालेले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे। एक प्रश्नको जवाफमा अध्यक्ष देउवाले २ नं प्रदेशलाई आफूहरुले बढी प्राथमिकतामा राखेको बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि संविधान संशोधनबारे सकारात्मक कुरा भएकाले आइतबार संसद्मा संविधान संशोधन दर्ता हुने विश्वास व्यक्त गरे। उनले नेपाली जनताले प्रदेशको हकमा कहीँ तराई कहीँ पहाड चाहिन्छ भन्ने माग गरेकाले त्यो सबै हुनुपर्ने नेपाली कांग्रेसको धारणा रहेको बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले नागरिकताको सवालमा पनि नेपाली कांग्रेस सकारात्मक रहेको बताए। रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया