संविधान संशोधन विरुद्धको बन्द फिर्ता
बुटवल २१ मंसिर,।
नेकपा एमालेसहितका दलहरुले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गराउँदै आएको रुपन्देही जिल्ला बन्द फिर्ता लिएका छन् । नेकपा एमाले,जनमोर्चा नेपाल, नेकपा माले, नेकपा मार्क्सवादी र अखण्ड नेपाल पार्टीले सात दिनदेखि जिल्ला बन्द गराउँदै आएका थिए । लामो समयदेखिको बन्दले जनजीबन कष्टकर हुँदै आएको थियो । आन्दोलनरत दलका नेताहरुले बन्दको सातौं दिन मंगलबार संयुक्त विज्ञप्ति निकालेर बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया