संवेदनशील देशहरुको सुचिमा नेपालको अवस्था झनै कमजोर

काठमाडौँ १५ असार

विश्वका संवेदनशील देशको सुचिमा नेपाल ३३ औ स्थानमा परेको छ। अमेरिकी संस्था फण्ड फर पिसले सार्वजनिक गरेको उक्त सुचिमा अफ्रिकी देशहरु पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन।

संवेदनशील देशको सुचिमा पहिलो स्थानमा अफ्रिकी देश सोमालिया रहेको छ भने दोस्रो र तेस्रोमा दक्षिण सुडान र मध्य अफ्रिका परेका छन। सो संस्थाले जोखिमका सूचकका आधारमा हरेक बर्ष यो प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ।

फण्ड फर पिसको उक्त सुचिमा दक्षिण एसियामा सबैभन्दा संवेदनशील देश अफगानिस्तान ९औं नम्बर छ भने पाकिस्तान १३ औं स्थानमा रहेको छ। फण्ड फर पिसको उक्त सुचिमा नेपाल गत बर्ष ३६औं स्थानमा थियो।

peace fur fund1

 

फेसबुकबाट तपाईको प्रतिक्रिया