संशोधनले सरकार अप्ठेरोमा

काठमाडौँ १७ मंसिर

मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव आफूहरुको माग अनुसार परिमार्जन गर्नुपर्ने र त्यस्तो प्रस्ताव संसदबाट पारित हुने सुनिश्चिततासमेत चाहिने सर्त राखेपछि सत्ता गठबन्धनका मुख्य दल कांग्रेस र माओवादी केन्द्र अप्ठेरोमा परेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।

संशोधन प्रस्तावको आलोचनात्मक समर्थन गर्दै पास वा फेल जे भएपनि चुनावसम्म जान सकिने मोर्चाको आश्वासनपछि प्रस्ताव बढाएका दुइए दलमाथि मोर्चाको पछिल्लो सर्तले समस्या पारेको हो। आफ्ना माग सम्बोधन हुने खालको प्रस्ताव नआएको भन्दै मोर्चाले संशोधनको समर्थन नगर्ने निर्णय बुधबार गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया