संशोधन प्रस्ताव पास गर्न मोर्चाको यस्ता सर्त

काठमाडौं १८ मंसिर, ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसदबाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ ।

सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर रहेको आजको नागरिक दैनिकमा समाचार छ । नवलपरासीलाई टुक्र्याएझै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर पनि फुटाएर मधेसको भाग मधेस र पहाडको भाग पहाडी प्रदेशमा गाभ्नुपर्ने सर्त उसको छ । त्यस्तै राज्य पुन संरचना आयोगको रिपोर्ट अनुसार १० प्रदेश बनाए सीमांकन समस्या समाधान हुने ठहर मोर्चाको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया