संसदमा सांसदभन्दा कर्मचारीलाई डेढ गुणा खाजा खर्च

काठमाडौं १ भदौं,।

खाजा र खानका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद सचिवालयले कुपन सिस्टम बन्द गर्ने निर्णय गरेको छ ।

समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाना र खान खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तिमगरको सचिवालयले जनाएको आजको अन्नपूर्णमा समाचार छ । सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरुसँगको छलफलमा बताएकी छन् ।

संसद सचिवालयका एक कर्मचारीले एक दिनमा तीनहजार पाँचसय सम्म कुपन बाँडिएको र कुपनमा ठूलो रकम खर्च भइरहेको बताए । सचिवलायले सांसलदाई खाजा र खानाबापत नगद निदे निर्णय गरे पनि संसदका कर्मचारी पाइरहेको भन्दा निकै कम छ । संसदका सबै तहका कर्मचारीको दैनिक ६ सय रुपैयाँ खाजा खर्च पाएँछन् । तर सांसदले भनेसमिति बैठक बसेमा चार सयमात्र पाउनेछन् । बिहान बैठक बसे सांसदलाई चार सय र साँझ ७ बजेपछि बैठक बसे थप चार सय रुपैया खाना र खाजा खर्चबापत दिने निर्णय भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया