संसद UPDATE : काँग्रेस नेता रमेश लेखकले के के भने ?

काठमाडौं ८ श्रावण

प्रधानमन्त्री ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिकोे छलफल आज दोस्रो दिन पनि शुरु भएको छ ।सभामुख ओनसरी घत्र्तीले प्रस्तावमाथिको छलफलका लागि साउन ७, ८ र ९ गतेको समय तोकेकी छिन् । आज विहान ११ बजेदेखि संसद वैठक शुरु भएको छ ।

काँग्रेस नेता रमेश लेखकले संसदमा भने–
–संसदले प्रधानमन्त्री बनाउन सक्दैन भने के बनाउँछ भने के गर्छ ?
–संसदले प्रधानमन्त्री बनाउन सक्दैन भने किन चाहियो संसद, प्रश्न उठछ कि उठ्दैन ?
–इतिहास निर्माण गर्ने थलो हो संसद ।
–गल्तीले अग्रजीमा पनि छापिएछ । संसारभरिका मानिसले यो पढने वाला छन् ।
–अविश्वासको प्रस्ताववारे सोध्यो भने के जवाफ दिने होला ?
–अविश्वास प्रस्ताव आउँछ भनेको अर्को प्रधानमन्त्री आउँछ भनेको हो ।
–प्वालभित्र छिरेर मुलुकमा लामो समयसम्म शासन गन पाइदैन ।
–प्वाल पार्ने काम भएको छ, यसले ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ ।
–संविधानमा प्रधानमन्त्रीले सपथग्रहणको कुरा राखेको छ । अर्को प्रधानमन्त्री नहुँने भने किन चाहियो सपथग्रहण । त्यो अनूसूचि किन राखियो ।

–राष्ट्रपतिले सहमतिको सरकारको लागि आव्हान गर्छन भन्ने बजार हल्ला छ । यो संविधानमा छैन । यो नजिरले भयो । परम्परा अनुसार चल्नुपर्छ । अव त्यो परम्परा अनुसार जानु पर्दैन ।
–सवैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बनाउने कुरा छ ।
–राष्ट्रपतिले आव्हान गर्न पर्दैन । उहाँलाई किन दुख दिन हुँदैन ।
–यो दुख सभामुख आफैले व्याहोर्नुपर्छ ।

–अविश्वासको प्रस्तावमाथि ५ कूरा राखेका छौँ ।

आजको मुलुकको सवैभन्दा ठूलो एजेन्डाका सवालमा प्रधानमन्त्री तपाईंले के गर्नुभयो हाम्रो प्रश्न हो ।
–हनीमुन कहाँ मनाउनुभयो । मतलव भएन ।
–प्रचण्डले किन छाडेर हिडनु भयो । तपाईंहरुले जान्नुभयो ।
–रातभर सँगै सुतेको मान्छे किन भाग्यो । केही त कारण होला ?
–ओली र प्रचण्डको नौ महिनाको सम्बन्ध के भयो ? जनताको यो विषय होइन । जनताको एजेन्डा के भए ? प्रश्न यो हो ।
–दम्भ र घमण्डले तल पुराएको होइन । यो विषयमा विवेचना गर्नुभएको छ । ?
–भत्ता खाएकै कारणले संविधान कार्यन्यवन हुँदैन ।
–कार्यन्वयनका लागि संविधानले बनाएका राजनीतिक संचरना बनाउनुपर्छ । कानुन बनाउनुपर्छ ।
–संविधान कार्यन्वयनका लागि कानुनमन्त्रीले के विद्येयक ल्याउनुभयो ?
–अन्तरिम संविधानका ठाँउमा नेपालको संविधान लेखेर संविधान कार्यन्वयन हुन्छ ।
–डा.केसीले उठाएका मुद्धा जायज छन् । एक जना डाक्टर किन पटक पटक अनसनमा बस्छ । नौ महिनामा सरकारले के गरेको छ ?
–नौ महिनामा एउटा कुरा भयो, यो देशमा नियुत्ती खान एमाले मात्र हुनुपर्ने ?
–केन्द्र देखि जिल्लासम्म एकै पार्टीका मान्छे राखेर देशको ढुकटी लुटने काम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया