संस्था विरुद्ध विश्वासघात गरेको भन्दै इस्कोनद्वारा केही व्यक्तिको नाम सार्वजनिक

काठमाडौं, फागुन २५, २०८१ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)को नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी मोरङ, सुनसरी, झापा, सिराह, नवलपरासी (पश्चिम) लगायतका जिल्लाहरूमा विभिन्न संघ–संस्थाहरू संचालन गरिरहेकोमा इस्कोनले आपत्ति जनाएको छ । यस्तो प्रकारले गैरकानुनी तरिकाले संघ–संस्था सञ्चालन गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मोरङ, उद्योग विभाग, त्रिपुरेश्वर र बिराटनगर उच्च अदालले निशेधित गरेको भए पनि केही व्यक्तिहरु यस्ता कार्यमा सक्रिय देखिएकोमा इस्कोनले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा भनिएको छ– “संस्था विरुद्ध आपराधिक विश्वासघात एवं ठगी गरेको आरोपमा उनीहरु विरुद्ध विभिन्न अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको हुँदा उनीहरुलाई यस संस्थाबाट निष्काशित गरिएको छ ।’ अदालतको आदेशानुसार त्यस्तो किसिमको गैरकानूनी कार्य गर्न र गराउन निषेधित गरिदिएको भन्दै सोहि सम्बन्धमा यस संस्थाका पूर्व पदाधिकारीहरू तथा सदस्यहरू वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास) र विनिश यादव (विपिन विहारी दास) ले यस संस्थाको नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी जनमानसमा भ्रमपूर्ण परिस्थिति सिर्जना गरेको तथा शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) ले यस संस्था विरुद्ध आपराधिक विश्वासघात एवं ठगी गरेकोले निजहरू विरुद्ध विभिन्न न्यायिक निकाय तथा अड्डा अदालतहरुमा मुद्दा विचाराधीन अवस्थामा रहेको हुँदा निजहरूलाई यस संस्थाबाट निष्कासित गरिएको जानकारी विज्ञप्ति मार्फत् गराएको छ ।
हाल निजहरूले इस्कोनको कुनै पनि प्रतिनिधित्व नगर्ने हुनाले इस्कोनसँग सम्बन्धित कुनै पनि दान–दातव्य तथा अन्य कुनै सहयोगका लागि बुढानीलकण्ठ न.पा.–५ स्थित इस्कोनको केन्द्रिय कार्यालयमा ०१–४३७३७९० र ९८०१२०५७३१ अथवा नेपालभरिका आधिकारिक इस्कोन मन्दिर,शाखा र इकाईमा सम्पर्क गर्नुहुन सबैलाई सूचित गराएको छ ।
अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ जसलाई इस्कोनको नामले संक्षिप्त रूपमा चिनिन्छ, जसलाई बोलचालको भाषामा हरे कृष्ण आन्दोलनको रूपमा पनि चिनिन्छ, यो एक गौडिय वैष्णव हिन्दू धार्मिक सङ्गठन हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया