सकरखण्ड र लहरे आपँको उत्पादन बजारमा ल्याएको छु : अध्यक्ष थापा

धनबहादुर मगर
विजनेस पाटी÷सिन्धुली
गोलन्जोर गाउपालिका स्थित उच्च पहाडी कृषि सहकारी संस्थाका अध्यक्ष टेकबहादुर थापाले सकरखण्ड र लहरे आँपको खेती गर्दै आएको छ ।


थापाले नयाँ जातको सकरखण्ड र लहरे आँपको खेती प्रविधि अपनाउँदा कृषकहरुको आयस्तरमा वृद्धि हुने विश्वास गर्नु हुन्छ । थापाले भन्नु भयो नेपालमा सकरखण्डको परिकारहरु बनाएर बिक्री वितरण गर्न सके अन्तर्राष्ट्रिय बजारमा पु¥याई विदेशी मुद्रा आर्जन गर्न सक्ने सम्भावना भएको बताए । अझ लहरे आँप नेपालको उष्ण प्रदेशीय क्षेत्रमा लागाउन सके यसबाट पनि प्रशस्त आम्दानी गर्न सकिने बताए ।
विभिन्न परिकारहरु जुस, चिप्स, पिठो, चकलेट बनाउन मिल्ने गरी प्रशोधन गर्न लागिरहेको छ । उक्त बालीहरु टुसारो भन्दा मूनि समुन्द्री सतहभन्दा माथि उष्ण प्रदेशीय बाली हुने ठाउँमा यसको खेती गर्न सकिने बताए । थापाले काठमाडौ लगायत देशको शहरहरुमा पठाउने योजना रहेको र उक्त योजनालाई कृषि अनुसन्धान विकास कोषले अनुदान सहयोग उपलब्ध गर्दै आएको र सहकारीले हाल दुई विगाह जमिनमा लगाइएको उक्त सकरखण्ड ४०१ घर परिवारले १ देखि २ रोपनी जमिनमा खेती गरिरहेको बताए । उक्त खेतीका लागि मंसीर, पुस, माघ बाहेक अरु महिनामा लगाउन सकिने बताए । साथै र प्यासन पु्रmट (लहरे आँप)को पनि उत्पादन गरी बजारमा लगिरहेको बताए । प्यासन फु्रट विशेष गरी जुसको रुपमा प्रयोग गर्न सकिने र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सके देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए ।
कन्दमुल जातका तरकारी संरक्षण गरी किसानलाई उपलब्ध गराउने उद्देश्य रहेको बताए । कन्दमुल जातका तरकारीहरु पीडालु, काउली, गोभेडा, तरुल लगायत तरकारीहरुको बीउ उत्पादन गरी कृषक तथा सहकारीहरुलाई उपलब्ध गराउने केन्दको कार्यक्रम भएको केन्द्रका प्राविधिक सहायक कृषि अधिकृत फ्युजन सिंहले बताए । सिंहले भने भुइकटहर, सिजनल तरकारी बाली सिर्जना जातको गोलभेडा बीउको रुपमा विकास छौं । यसका साथै अदुवा र सिमल तरुल पनि उपलब्ध गराउदै आएका छन् । कृषि सुचना तथा प्रशिक्षण केन्द्रद्धारा आयोजित चौथौं दिन २४ फागुन कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीमा आयोजना प्रमुख तथा पत्रकारहरूको ट्राभलिङ्ग सेमिनार कार्यक्रम सम्पन्न भएको छ । उक्त कायमक्रको संयोजन कृषि सूचना तथा प्रशिक्षण केन्द्रका सह–सचिव डा.राजु घिमिरे र सह–संयोजन डा.लटनारायण शाहले गर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया