सङ्गीत ब्यवसायको लगानी धरासयी बन्दै

अशोक केसी,(गीतकार) मलेसियाबाट
लोकदोहोरी भन्नासाथ प्राय सबै बर्गका मान्छेले सुन्ने तथा रुचाउने गरिएको पाइन्छ । अझ भनौ लोकदोहोरीलाई राष्टको मौलिक सँस्कृतिको धरोहरको रुपमा बुझिन्छ । लगभग धेरै जनसंख्याले लोकदोहोरी नै मन पराएका हुन्छन् किन की लोकदोहोरीमा आफ्नै मौलिकता झल्कने गरेको हुन्छ । हिजोका चर्चित लोक दोहोरी सर्जक तथा गाएकहरुले दिनु भएको अतुलनिय योगदानले लोकदोहोरी अझ धेरै फट्को मारेको छ । यसै क्रममा नयाँ नयाँ सर्जक तथा गाएक गाइकाहरुको प्रबेश ले नयाँ आयाम थपिएको छ साथै नयाँ पन भित्रीएको छ जसले समय सँगै नयाँ परिस्कृत सङ्गीतलाई दर्शक सामु पस्केको छ जुन कारण नयाँ पिँढीका दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

मौलिक सँस्कृती लोकदोहोरीको नयाँ पन नयाँ बिकसित प्रविधी सगै भित्रीएको उछृङ्खलताले लोक क्षेत्रमा छुट्टै तरङ उत्पन गराएको छ । जुन बहसको बिषय बनेको छ । समय र प्रबिधीसगै हरेक क्षेत्र परिबर्तन हुँदै बिकास हुनुपर्छ यो स्वभाबिक प्रकृया समेत हो जुन नकार्न मिल्दैन । तर परिबर्तनसगै आएका पचाउन नसकिने , र मौलिकतालाई भुलेर बड्दै गएको लोक दोहोरीको उछृङ्खलतालाई अहिले परिवारसँग बसेर हेर्न नसकिने अबस्था सिर्जना भएको छ ।

सङ्गीतको बिकास, रोयल्टीको ग्यारेन्टी,पाइरेशिको अन्त्य गराउनु को निम्ति सम्पुर्ण कलाकर्मी सर्जक लगानी–कर्ता एकजुट नभैइ दोहोरी क्षेत्रमा पैसाको आडमा अस्वस्थ प्रतिस्पर्धामा आउनुले सङ्गीत ब्यबसायी धरसायी बन्दै गएको यथेष्ट उदाहरण हो । सङ्गीत ब्यबसायको लगानी धरासयी बन्दै गैइरहदा चर्चा कमाउन र केही हदसम्म आफ्नो लगानी सुरक्षित गराउनकै निम्ति उछृङ्खलता र अस्लिनता भित्रीएको तितो सत्यलाई स्वीकार्नै पर्छ । अहिले लगानी केही हदसम्म उठाउने माध्यम मात्र युटुभ भएको छ जसका कारण युटुबमा भ्युज बडाएर लगानी उठाउन तल्लो स्तरको शीर्षक (सेक्सी लोकदोहोरी ) जस्ता अनेक प्रकारका नाम राखी स्रोता दर्शक लोभ्याउने काम भैरहेको यथार्त हो । विभिन्न सङ्गीतका एजेन्टद्वारा ठगी हुनु अर्को दुर्घटना हो । युटिभ र उचदतबाट उठ्ने केही रकम म्युजिक कम्पनी र सङ्गीतसँग सम्बन्धित केही च्यानटहरुको लुछातानीले झन कलाकार सर्जक र लगानीकर्ता पिडित बन्दै आएका छन् ।

म्युजिक कम्पनीको दर्तामा कुनै निश्चित मापदण्ड र दायरा नहुनाले अनाधिकृत रुपमा पैसा कमाउने प्रलोभनले झोले म्युजिक कम्पनीहरु दर्ता भएकै कारण उछृङ्खलता भित्र्याउन ठुलै सहयोग पुगेको देदिन्छन् । आफ्नो आङमा भैंसी नदेख्ने अनि अरुको आङमा जुम्रा केलाउने प्रबृत्तिले पनि सङ्गीत क्षेत्र एक हुन सकेको छैन । सङ्गीत विकासकै निम्ति खोलिएका विभिन्न संघ सस्था, लोक दोहोरी प्रतिस्ठान ,सङ्गीत ब्यबसायी संघ दोहोरी क्षेत्रमा भएको उछ्रङ्खलता र अस्लिनतालाइ किन टुलुटुलु हेरेर बसेको छ यो आम स्रोता दर्शक को प्रश्न हो ?

आखिर यस्ता बिकृतिको बिरुद्द बोल्नु उसको दायित्व होइन ? केबल सस्था खोलेर सङ्गीत बिकासको निम्ति लाखौ पैसा सर्जक कलाकार र लगानिकर्ताबाट उठाएर आफ्नो दुनो मात्र हर्ने अनि सङ्गीतको बिकास चाहिँ ओझेलमा ? हिजो आफ्नो पक्षमा नहुदा कटकिएर बोल्ने लोक दोहोरीका शिरोमणिहरु आज फेरि बिकृती मौलाइरहदा किन चुप ? भख्खरै रिलिज एक लोक दोहोरी गितमा समाज भन्दा भिन्न अभिव्यक्ति दिदै पोर्न स्टार अर्थात निलो चलचित्र खेल्छु भन्दै आफ्नो नङ्न फोटो सामाजिक सन्जालमा सार्बजनिक गर्ने एक मोडलले अभिनय गर्नु भएको छ,के यो बिकृती होइन र ? यसका बिरुद्ध आबज उठाउन पर्छ कि पर्दैन ? यसरी नै दोहोरीमा उछृङ्खतलाइ मौलाउन दिने हो भने दोहोरीको शब्द नै अन्त्य हुन्छ । हिजो केही अग्रगहरुले उठाउनु भएको दोहोरीमा सेन्सरको कुरा बास्तबमा नितान्त आबस्यक छ कि कस्ता भिडियोलाइ कस्ता शब्दलाई लोक दोहोरी मान्ने या नमान्ने ? हामीसँग सङ्गीतको लगानी सुरक्षित गर्ने बैज्ञानिक आधारहरु नभएका पनि हैनन तर बिडम्बना कलाकर्मीहरु तैले सक्ने कि मैले सक्ने प्रबृत्तिका कारण यी कुराहरु को अन्त्य हुन सकेको छैन जसले गर्दा अस्लिता मौलाइरहेको छ ।

यदि सङ्गीत ब्यबसाय लाई बैज्ञानिक तबरले मर्यादित, ब्यबस्थित र सङ्गठित बनाउन सकियो भने लोकदोहोरी एउटा बलियो सँस्कृती र ब्यबसाय पक्कै बन्छ । हिजोका अग्रज सर्जक तथा गाएक गाइका बम बहादुर कार्की, बुद्धिकृष्ण लामिछाने, प्रेमराजा महत पुरुस्तोम न्यौपाने, बिमा कुमारी दुरा, सिन्धु मल्ल नबराज घोरासैनी रेसम थापा जस्ता लोकदोहोरीका हस्तीहरुले दिनु भएको महत्त्व पुर्ण योगदानलाई नयाँ पिडिका कलाकर्मी सर्जक ले महसुस गर्नैपर्छ र अब लोक दोहोरीलाई मर्या्दित बनाउदै सुदृढ गर्ने जिम्मेवारि पनि बोध गर्न आबश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया