सञ्चालकले सेयरमा लगानी गर्न नपाउने
काठमाडौं २३ श्रावण ।
धितोपत्र बोर्डका सञ्चालकहरुले सेयरमा लगानी गर्न नपाउने भएका छन् । बजारमा सुशासन कायम गर्नकाल लागि भन्दै बोर्डले जारी गरेको सञ्चालकहरुको आचारसंहितामा यस्तो उल्लेख छ । बोर्डले गत शुक्रबारदेखि लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
आचारसंहितामा बोर्ड सदस्यका लागि आचरण तथा व्यवहार, इमान्दारिता तथा गोपनीयत, वित्तीय अनुशासन, पदको दुरुपयोग, कार्य जिम्मेवारीअनुसार कार्य सम्पादन गर्नुपर्ने, दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिन नहुने, सेयरमा लगानी गर्न नहुने, सञ्चार माध्यमसँगको सम्बन्ध, बोर्डका कामकाज वा समाचार प्रकाशन गर्न नहुने आदि समावेश छन् ।
नयाँ व्यवस्थाअनुसार सदस्यले आफ्नो कार्यकालमा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाको सेयरमा लगानी गर्न तथा आफ्नो कार्यकालमा दोस्रो बजारमा धितोपत्र खरिद बिक्री गर्न पाइँदैन । आजको कान्तिपुरमा खबर छ
फेसबुकबाट तपाईको प्रतिक्रिया