सनराइज बैंकले एक अर्बको ऋणपत्र बिक्रीमा ल्याउने

काठमाडौँ १२ चैत्र

सनराइज बैंकले चैत २० गतेदेखि एक अर्ब रुपैयाँ बराबरकोे ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याउने भएको छ।  प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा दश लाख युनिट ऋणपत्र बिक्री गर्न बैंक लागिपरेको हो। बैंकले चैत १ गते ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

बैंकले पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने जनाएको छ ।

सनराइज बैंकले जारी गर्ने १० लाख युनिट मध्ये ४० प्रतिशत सर्वसाधारणका लागि जारी गरिने र  ६० प्रतिशत व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने भएको छ ।

प्रभु क्यापिटललाई ऋणपत्र बिक्री गर्न  बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक-वित्तीय संस्थाहरुबाट ऋणपत्रमा छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएको खण्डमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्नेछन् । मेरो शेयरबाट पनि ऋणपत्र भर्न सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया