सनी लियोनको वेबसाइट विरुद्ध हिन्दु जनजागरण समिति

एजेन्सी

मुम्बई २३ भदौ

हिन्दु जनजागरण समिति सनी लियोनको वेबसाइट विरुद्ध खरो रुपमा उत्रिएको छ। हिन्दु जनजागरण समितिले सनी लियोनको अश्लिल वेबसाइट भारतभर बन्द गर्न माग गर्दै आएको छ। सनी लियोनका अश्लिल बेवसाइट विरुद्ध समितिका कार्यकर्ताले आगामी दश सेप्टेम्बरमा राष्ट्रिय अभियान सुरु गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

समितिको केन्द्रीय कार्यालय गोवामा छ। समितिले सनी लियोनको अश्लिल वेबसाइट विरुद्ध काशीको शास्त्रीमा गरिने छ। काशी भारतको सांस्कृति राजधानी मानिन्छ। भारतमा धेरै अश्लिल साइट  संचालमा छन्। तर सनी लियोनको मात्र अश्लिल साइटलाई किन निसाना बनाइएको भन्ने प्रश्न उठेको संचारमाध्यमले उल्लेख गरेका छन्।

समितिले भने भारतमा सनी बाहेक अन्यलाई पोर्नस्टारको रुपमा नचिनिने दाबी गरेको छ। समितिले सनीको लोकप्रियतासँगै भारतीय संस्कृतिलाई खतरा पुग्ने दाबी गरेको संचारमाध्यमले उल्लेख गरेका छन्। भारतमा सनीको नाम गुगलमा धेरै खोजिन्छ। भारतले अहिले सनीको मात्र नभएर सबै यौन साइट बन्द गर्नुपर्ने माग उठ्न थालेको छ। समितिले सो विषयमा ठूलो कदम चाल्ने बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया