सन्धि पुनरवलोकन गर्ने समझदारी

बिजनेसपाटी २० अशोज

नेपाल(भारत प्रबद्ध समूह (इपिजी)मा सन १९५० को सन्धि पुनरवलोकन गर्ने समझदारी जुटेको छ । भारतको नयाँदिल्लीमा मंलबारबाट दुई दिन चलेको समूहको दोस्रो बैठकमा नेपालले सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन प्रस्ताव राखेकोमा भारतीय पक्ष सकरात्मक भएको हो । उक्त सन्धिका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने समझदारी दुई देशबीच भएको छ ।

प्रबुद्ध समूहका कार्यकारी निर्देशक यादब खानलले सन १९५० को सन्धिसहितका अन्य विषयमा छलफल सकरात्मक रुपमा अघि बढेको जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ । ‘सन १९५०को सन्धि समयअनुकुल बनाउन दुवै पक्ष सकरात्मक देएिका छन्’दिल्लीमा रहेको खानालले टेलिफोनमा भने,‘आगामी बैठकमा यसबारे सघन छलफल हुनेछ।’सबै छलफल प्रारम्भिक चरणमै रहेको उनले खुलाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया