सन्धी सम्झैता गर्दै नेपाल माथि हस्तक्षेप

हरि श्रेष्ठ

नेपलमा दुईवटा छिमेकी देश मध्ये भारत र चीन रहेका छन् । जसमा यी छिमेकी देशले नेपालका आफ्ना आँखा लाग्ने गरेको छ । जसमा पुर्ब तिरको चीन भन्दा पश्चिमी तिरको भारतको हस्तक्षेप बढी भएको छ । त्यसको सिलसिलामा यी दुई देशले व्यापार लगानीको नाममा नेपालमाथि आफ्नो अधिन जमाउने र नेपालमा भएका स्रोत साधन आफ्नो देशमा भित्राउने काम गर्छन । त्यति मात्र नभई प्रत्येक निर्वाचनपछि देश चलाउँछु भनेर निर्वाचनमा चुनेका वा जनताले पठाएर प्रधानमन्त्री बनेका प्रधानमन्त्री छिमेकी राष्टको भ्रमणमा जान्छन् । देशको बहुमुल्य वस्तु बेचेर फर्कन्छन् । यसमा पनि जो प्रधानमन्त्री हुन्छ । त्यो चीनको भन्दा पहिला भारतको शरण लिन पुग्छ । देशमा रहेका महुमुल्य नदी, जमीन लगायतका वनजंगल लगनीको र व्यापारको नाममा बेचेर फर्कछन् । यस्तैगरी सत्ताको लोभमा परी नेपाली राजनीतिक गर्ने नेताले देशका सम्पदा भारतलाई बेचिँदै आएका छन् । यसमा पनि नेपालका दुई छिमेकी मध्ये चीन र भारत मध्ये भारतको आखाँ नेपालमा रहँदै आएको छ । जसमा उसले हिजोको इतिहासदेखि अहिलेसम्म नेपालमा विभिन्न सन्धी सम्झैता गर्दै नेपाल माथि हस्ताक्षेप गर्दै आएको कुनै नौलो कुरा होइन । चाहे लगानीको नाम लिएर उद्योग कलकारखाना खोल्ने बहानामा होस् चाहे जलविद्युत लगानी गर्न वाहाना वा कृषिमा नेपालमा एनजियो, आइनजीयो खोलेर नेपाली नेतालाई मख्खपारी यहाँका नदी लगायत जमीन आफ्नो पकडमा पार्दै आएको छ । जहाँ नेपालमा जुन प्रधानमन्त्री हुन्छ एउटा न एउटा सम्झौता गरी देशका सम्पदा बेच्दै आएका छन । यसमा नेपालका राजननितिक दलका सत्ताका नेतालाई आफ्नो देश र जनताको माया भन्दा सत्ताको लोभमा छिमेकीलाई खुशी पार्न लागि रहेको पाइन्छ । जसमा नेपालमा वेलाबेलामा सन्धी गरी देशका नदी नाला बेचेको पाइन्छ । जसमा १९५० सालदेखि नै भारतले नेपालमा सन्धी गर्दै नेपाल माथि हस्तक्षेप बढाएको पाइन्छ । जसमा राणाहरुको पालामा नेपाललाई तीन धेरामा पारेर बाहिरका आयातित नाका घेरामा बाँधेर नेपाली माथि हस्क्षप सुरु गरेको भारतले नेपालमा आन्दोलनपीक्ष एउटा न एउटा सम्झैता गर्दै नेपाल माथि हस्ताक्षप बढाएको छ । जसमा १९५० सालमा राणा शासनपछि नेपालमा आत्माघातिक सम्झौता गर्न सफल भएको भारत २००७ सालको आन्दोलनले राणा शासनको अन्त्य गरेपछि कोसी सम्झौता २०४६ सालको बहुदलीय प्रजातन्त्रको अन्दोलपछि महाकाली सम्झैता गरि सकेको भारत २०६२—०६३ को अन्दोलनपछि केही लिने दाउमा देखिन्छ । जसमा यहाँको तराईको जमीन, कर्णाली नदी कसरी आफ्नो पकेटमा पार्न खोजी रहेको छ । जसमा संघीयको नाममा कहिले मधेशका दल उचालेर एक प्रदेश एक मधेश भनी छटुटै राज्यको माग गर्न लगाएर द्धन्द ल्याउने । कहिले सत्ताका दलललाई उचालेर आफ्नो कव्जामा पार्न खोज्ने गरेको पाइन्छ । जसमा अहिले वाम गठवन्धन बनाएर सत्ता हेरफेर गर्न लागेको पाइन्छ ।
नेपालमा वेला बेलामा भएको आन्दोलनको फाइदा लिँदै भारतले पटक—पटक हस्तक्षेप बढाएको पाइन्छ । १९५० सालको सन्धी गरेर नेपाललाई तीन धेरामा बाँधी नेपालमा आफ्नो एकाधिकार लाध्न सफल भएको भारत त्यसपछि भएका आन्दोलनको फाइदा लुटदै आएको पाइन्छ । जसमा १९५० सालमा जमिन लिइ तिन धेरामा पारेपछि पटक—पटक भएका आन्दोलमा उसको आखाँ अहिले पानी वा नदीमा रहेको पाइछ । जसमा २००७ सालको राणा शासनको आन्दालनपछि सक्ताको ठुलो दल नेपाली काग्रेस सक्तामा पुगेपछि वा राणा शासन अन्त्य भएपछि नयाँ सत्ताका दललाई आफ्नो पकडमा पारी भारतका प्रधानमन्त्री लाल वहादुर सास्त्री र नेपालका प्रधानमन्त्री विपि कोइरलाको मिले महत्वमा नेपालको मुख्य दल काग्रेसले वा काँग्रेसका सभापति मातृकाप्रसाद कोइराला भएको बेला २०११ साल वैषाख १३ गते नेपाल र भारतको कोसी सम्झौता गरीयो । जहाँ यो सम्झौता अरु नेपालीले बिरोध गर्छन भनेर १९९ वर्षसम्म कसैले उल्टाउन नपाउने गरी सम्झौतामा काग्रेसको सत्ता भएको मौका गरियो र भारतले कोसी नदी लियो । त्यसको असर अहिले हामी नेपाली जनताले भोग्दै छौ । जसमा सुक्खा महिनामा ड्याम बाधेर हाम्रो पानी एक थोप्पा पनि छिन्न नदिई भारतमा लगिन्छ । नेपाली भुमीका जनता पानी खान नपाइ छट्पटने अवस्था हुन्छ । सिंचाई गर्न नपाएर नेपाली भुमी आकाशको भर पर्नु पर्नेछ । भने वर्षा याममा ५२ वटा ढोका वन्द गरी बाढी आएको समयमा सवै बाढी नेपालमा पठाइन्छ । र अधिकाम्स भाग डुवानमा पारिन्छ । यसरी नेताले वा काग्रेसले २००७ सालको उपहार सहित कोसी नदी भारतलाई दिएर नेपाली जनताको बिजोग वनायो । भने वर्ष याममा हजारौ नेपाली जनताले अकालमा ज्यान गुमाउनु परेको छ । नेपालको बहुमुल्य नदी भारतलाई दिएर सत्ताको लोभले २००७ सालको आन्दोलनले आत्माघातिक सम्झौता सहित नपाली कग्रेसले भारतलाई कोसी नदी बेची भारतीय जनतालाई उपहार दियो । त्यसैपछि २००७ सालमा काग्रेस सगसगै जन्मेको कम्युनिष्ट आन्दोलनमा नै रहयो । त्यस आन्दोलन पश्चात २०४६ सालमा वहुदलीय प्रजातन्त्रको नाममा सत्तामा पुगेको माक्स र लेलिनको सिदान्त मान्ने भनेर एमाले पाटी सत्तामा पुग्यो । २०४७ सालमा सविधान घोषणा गरियो । एमालेका आन्दोलका युवा नेता महासिचव वनेका मदन भण्डारी र जिबराज आश्रित नेपालको हितमा सोच्ने नेताहरुको त्रिसुलीमा २०५० साल जेठ ३ गते हत्या गरिसकेपछि यो आन्दोलनमा भारतले सत्तामा पुरानो काग्रेस भएको मौका छोपी महाँकली माथि अाँखा लाग्यो । जसमा प्रधनमन्त्री काग्रेसका सेरबहादुर देउवा र प्रतिपक्षका एमाले लगयत दलले प्रधानमन्त्री शेर वहादुर देउवा र प्रतिपक्षका केपी ओली, माधव नेपाल, झलनाथ खनाल , वामदेव गौतम लगायत एमालेका शिर्ष नेता र राप्रपा र नेपाल समाजवादी पनि संयुक्त मिली २०५२ माघ २९ गते महाँकाली नदी सम्झौता गरी भारतलाई सुम्पिए । जसमा अहिले कोसीले नेपाालीलाई कसरी दुख दिएको छ । यो महाँकालीले पनि नेपालीलाई केही वर्ष पछि त्यसतै पादैछ । यी सम्झौता हुदै आन्दोलन पछी एउटा न एउटा सम्झौता गर्दै आएको भारत त्यसपछि २०५२ सालको जनयुद्ध र २०६२—०६३ को जनआन्दोलनपछि केही नपाएको भारतले यहाँको संघीय र प्रदेशको नाममा उसको आखाँ अहिले तराईको उर्वरभुमी र कर्णाली नदीमा परेको छ । जसमा कहिले एक मधेस एक प्रदेश नारा लिएर मधेशलाई बोकी आन्दोल गर्न लगाउने त्यसको सिलसिलामा नाकाबन्दी गरी सम्झौता गर्न खोज्ने कहिले आन्दोलनवाट आएका लिडरसिप प्रचण्ड बावुरामललाई वोकी सत्ता भित्रै झगडा गराउने गरेको पान्छ । त्यसवाट आफुले केही लाभ लिन खोजेको देखिन्छ । जसमा अहिले हिजो मधेशलाई बोकी हिडेको भारत अहिले सत्ताका दलसँग सहकार्य गर्न पुगेको छ । जसमा स्थानिय चुनावमा हिजो आफुसँग सम्झौता गदै आएको काग्रेस र विद्रोहीवाट आएको माओवादीलाई मिलाउन खोज्यो जसमा आफुलाई सम्झौता गर्न सजिलो हुने दाउले स्थानीय चुनाव प्रयास ग¥यो तर असफल हुने देखिएपछि । फेरी संसदको चुनावमा पुरानो एमाले र विद्रोहीवाट आएको माओवादीलाई लिएर कम्युनिष्ट एकता भन्ने नाटक गरी वाम गठवन्ध भनी लियो । यसमा लगभग भारत नेपाल माथि सफल भएको छ । यही मौकामा उसले कर्णाली नदी आफ्नो पकटमा पार्न खोजी रहेको छ । भने बिकासको नाममा विभिन्न उर्वर भुमी कव्जा गर्न खोजेको पाइन्छ । जसमा नेपालमा आन्दोलन हुन्छ त्यो आन्दोलनको फाइदा आज भारतले लिदै अएको पाइन्छ । जसमा जुन आन्दोलवाट सत्तामा आएका नेता पनि आफुले स्वबिवेकले देश चलाउनको साटो भारतको शरण लिन पुग्ने गर्दछन । त्यसको फाइदा स्वारुप आन्दोलन पिक्ष सम्झौता गरी आफुलाई आवश्यक पर्ने चिज हरफने गरेको पाइन्छ । जसमा अहिले भारतमा जनताालाई पानी खान नपाउने अवश्था भएपछि उसको आखाँ पानीमा परेको छ । जसमा आन्दोलन पीक्ष एक नदी किन्दै लाने गरेको पाइन्छ । जसमा २००७ सालको आन्दोलनपछि कोसी लग्यो, २०४६ सालको आन्दोलनपछि महाँकाली लग्यो । २०६२—६३ को जनान्दोलवाट केही नपाएको भारतले अहिले कर्णली नदी हडप्ने योजना बनाएको देखिन्छ ।
यसरी पटक पटक सम्झौता गदै आएको भारतले अहिले नेपालमा विभिन्न वाहाना वनाई फेरी सम्झौता गर्न लागेको पाइन्छ । जसमा आन्दोलनवाट आएका दल प्रचण्ड र वावुरामलाई आत्मासमपर्ण गर्न लगाई पुराना दल त उसको हातमा छदै थिए पुराना र नयाँलाई मिलाई वाम गठवन्धन वनाउन लगाएर सत्तामा पु¥याएको केपी सकारलाई भारतमा बोलाई विभिन्न विषयको गोप्य सम्झौता गरेको पाइन्छ । जसमा अहिलेसम्म खुलाएको छैन । यसरी नेताले आफु सत्ताको लोभले नेपालका नदी जमीन बेच्दै आएका छन भने जतिवेला आन्दोलन हुन्छ त्यसको फाइदा लुटदै भारतले नेपालका नदी हरफदै आएको पाइन्छ । यसमा हामी नेपाली जनतालाई केही थाहा हुदैन । सत्तामा वस्ने नेताले डिल्लीमा गएर के सम्झौता गर्छन । त्यसको गोप्य कुरा खुलाउदैनन पछी मात्र थाहा हुन्छ, नेपाली जनतालाई झुक्काएर सम्झौता गरी फर्केको कुरा यसरी नेपाली जनतालाई नेपाली राजनितिक दलका नेताले आफ्नो व्यक्तिगत स्वार्थले नेपालका बहुमल्य नदी लगायतका जमीन बेच्दै आएका छन् । त्यसले अव हामी नेपाली जनता बेलैमा सतक हुने दिन आएको छ । नेपाली सत्ताका नेता भारतमा किन जादैछन, के गरेर आए यसको बारेमा हामी नेपाली जनताले बुझ्न जरुरी देखिन्छ । भने नेपाली नेताको आफ्नो व्यक्तिगत स्वनार्थले देश बैच्ने निति बन्द गर्न जरुरी देखिन्छ । नत्र हामी नेपाली जनताले आज नदी बेच्दा बैच्दै भोली देश बच्न पनि पछि पदैन । त्यसै वेलैमा सर्तक भएर हामी नेपाली जनता देश र आफ्ना बहुमुल्य वस्तुको जग्रेना गर्न जरुरी देखिन्छ । भने देश दोही राजनितिक दललाई नेपालवाट लखेटन जरुरी देखिन्छ ।

लेखकका निजि विचार हुन्- स

प्रकाशित मिति २०७५ -२-१६

फेसबुकबाट तपाईको प्रतिक्रिया