सन नेपाल लाइफ द्वारा मलेशियामा बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम

काठमाडौं २८ माघ २०८१ । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले “नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वालालम्पुरमा सम्पन्न गरेको छ ।


प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमसिनाको आतिथ्यमा भएको कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारो थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जानकारी गराइएको थियो । सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहेका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा र ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर काम गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया