सपना

सन्जय तिमल्सिना

तिमी र ममा अथाहा भिन्नता छ साथी
तिमी भन्छौ के भिन्नता छर, तिमी भन्छौ
म भन्छु तिमी सपना देख्छौ मात्र म देखेर लेख्छु
पुरा गर्न नसक्ने सपनालाई व्यर्थ किन लेख्छौरु
नलेखि पुरा हुन्न ती सपनाहरु जुन तिमी देख्छौ

उज्याला किरण लिएर आएको प्रभात
तिमी साँझ कहाँ देख्छौ, अनि भन त साँझ कहाँ लेख्छौ
तिमी सपना केबल सपना देख्छौ, म पनि
तर म साँझ सपना देख्छु अनि प्रभातसँगै लेख्छु
त्यसैले तिमी र म मा अथाहा भिन्नता छ साथि

उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक मात्र भनेका थिए देवकोटाले
अनि तिमीले भन्यौ बौलायो देबकोटा
मैले भने उहाँ बौलाएको हैनन्
उहाँले त केवल सपना देखेर लेखेँ
आज हेर त चन्द्रमामा यान पुगिसक्यो
यान पु¥याउने मान्छे बौलाएकै हो त
गर्ने र देख्नेमा फरक छनि तिमीले भन्यौ
म भन्छु नपुग्ने भए किन लेखे
त्यसैले पुग्छ भनि देखेर लेखे

तिमी आप्ःनो मुटुलाई देख्छौ? देख्दिन
अनि किन मुटुभरि उनकै माया छ भनि लेख्छौ
तिमीलाई देख्नेले मुटुभरि कालो दाग छ भन्यो भने
तिमी कस्तो हुन्छौ सोच त
त्यसैले म भन्छु सम्भव छ
सपना देख्नुपर्छ अनि लेख्नुपर्छ

सन्दर्भलाई छाड्रदै भन्यौ, ूमलै सपना देखे अनि लेखेूँ
भन त कसरि पुरा होला
म भन्छु पुरा होला नहोला सपना देख्यौ र पो लेख्यौ
लेखेर के भयो त असम्भवतालाई?

तिमीले देखेकै सपनामा कतिले जीन्दगी देखेका छन
त्यहीँ सपना भित्र अथाहा माया भेटेका छन

प्रकाशित मिति २०७४-१०-१५ 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया