सप्तरीमा नेपाली र भारतीयबीच झडप, स्थिति तनावपूर्ण

काठमाडौँ १३ श्रावण

भारतीय पक्षले एकतर्फी रुपमा बनाएको बाँध नेपाली पक्षले भत्काईदिएपछि सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भएको छ।

भारतीय पक्षले बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि एकतर्फी रुपमा बाँध बनाएका थिए। त्यसले तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, बरसाइन, हनुमाननगर लगायतका गाविस डुबानमा पर्ने भएपछि नेपाली स्थानीय युवाहरुले बाँध भत्काउन थालेपछि झडप भएको हो । आक्रोशित युवाहरु बाँसको भाटा र लाठी लिएर झडपमा देखिएका थिए ।

घटनास्थलमा अहिले सप्तरीका प्रमुख जिल्ला अधिकारी र दुवै देशका सुरक्षा प्रमुखहरुको उपस्थिति छ। सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । तर सफल हुन
सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया