सबैला नगरपालिकाको सहकार्यमा राष्ट्रिय आयोडिन सचेतना कार्यक्रम मनाइयो

जनकपुरधाम, फागुन १९, २०८१ । ‘‘जीवनका लागि आवस्यक वृद्घि र स्वस्थ्यका लागि महत्वपूर्ण आयोडिन’’ भन्ने मूल नाराको साथ यस वर्षको राष्ट्रिय आयोडिन सचेतना महिना मनाइएको छ । हरेक फेब्रुअरि महिनालाई आयोडिन सचेतना महिनाको रुपमा मनाउने गरिन्छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सञ्चालन गरिरहेको सशक्त वालिका परियोजनाले प्रारम्भिक वाल विकासको क्षेत्रमा काम गरिरहेकाले बालबालिकाको लागि अझ महत्वपूर्ण भएकाले यो दिवस मनाइएको हो ।
सबैला नगरपालिकाको वडा नं. ११ को इनर्वा टोलमा टोलबासिहरु सार्वजनिक भवनमा भेला भई आयोडिनको महत्वबारेमा छलफलमा सहभागि भएका हुन । मानव शरीरको वृद्घि र विकासमा आयोडिनको महत्व रहेकाले महत्व बुझाउनको लागि यो कार्यक्रम आयोजना गरिएको हो । नेपाल सरकारले दुई बालबालिकाको चिन्ह भएको नुनमा आयोडिनको मात्रा मिसावट गरी यसको प्रयोगमा जोड दिएको छ । आयोडिनले हाम्रो शरीरको, दिमागको विकासमा र शरीरको तापक्रम अनुकुलनको पनि काम गर्नेहुन्छ ।
महिला स्वास्थ्य स्वयमसेविका, अभिभावक, किशोर किशोरीहरु भेला भई सबैले आयोडिनयुक्त नुनको प्रयोग गर्दा हुने फाइदा बारेमा छलफल गरियो भने यो नुनको भण्डारणमा आयोडिन नउड्ने गरी राख्नुपर्ने कुरामा समेत ख्याल गर्नुपर्ने हुन्छ । साना बालबालिकाहरुको लिटो बनाउदा र गर्भवती महिलाहरुले आयोडिन खानैपर्ने हुन्छ । यो फेब्रुअरि महिनालाई आयेडिन महिना मनाउने नेपाल सरकारको अभियानलाई मूर्तरुप दिनका लागि सबैला नगरपालिकासँगको सहकार्यमा परियोजनाले केही कार्यक्रम गरी यो अभियानमा सहयोग गरेको जानकी महिला जागरण समाजका कार्यक्रम अधिकृत खगेन्द्र दहालले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया