सबै नेपालीलाई २०१७ को अन्त्यसम्म शुद्ध खानेपानी

काठमाडौँ ११ माघ 

– खानेपानी तथा ढल निकास विभागले उच्च तथा मध्यस्तरीय खानेपानी आयोजना ४० जिल्लामा सञ्चालन गर्न लागेको छ ।सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने योजनाका साथ विभागले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सबै जनतालाई शुद्ध खानेपानी पु¥याउने लक्ष्यअनुसार मन्त्रालयले विभिन्न चरणमा काम गरिरहेको बताए । तराईमा आर्सनिकरहित पानी खुवाउनदेखि पहाडमा मोटरबाट पानी तानेर खुवाउन मन्त्रालय लागिपरेको उनले बताए ।

राज्यमन्त्री खड्काले सन् २०१७ को अन्त्यसम्म सबै नेपालीलाई पानी खुवाउने लक्ष्यअनुसार मन्त्रालय जुटिरहेको स्पष्ट पार्नुभयो ।विभागका उपसचिव अरुणकुमार सिम्खडाले मुख्य पानीको अभाव हुने क्षेत्रलाई लक्षित गरी मन्त्रालयको अग्रसरतामा विभागले ठूला खानेपानी आयोजना सञ्चालन गरेको जानकारी दिए । उनले भने, “४० जिल्लामा १ सय १० खानेपानी आयोजना सञ्चालन गर्न लागेका छौँ ।”

विभागले ताप्लेजुङ, इलाम, झापा, उदयपुर, सुनसरी, मोरङ, रामेछाप, दोलखा, नुवाकोट, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, मकवानपुर, रौतहट, बारा, नवलपरासी, पाल्पा, गुल्मी, मुगु, जुम्ला, रुकुम, कैलाली, कञ्चनपुर, डोटीलगायत जिल्लामा ११० आयोजना सञ्चालन गर्न लागेको हो ।प्रत्येक आयोजनामा ५० लाखभन्दा बढी खर्च हुने उपसचिव सिम्खडाले बताए । आयोजना सञ्चालनका लागि विभागले ८२ करोड ५० लाख विनियोजन गरेको छ ।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया