सबै प्रदेशको हिमाली क्षेत्रमा नयाँ सहर

काठमाडौं ६ श्रावण
सरकारले हिमाली जिल्लामा नयाँ सहर बनाउने घोषणा गरेको छ। ‘हिमाली ट्रान्स ट्रायल सहर’का नाममा नयाँ सहर घोषणा गरिएको हो। हिमाली ट्रान्स ट्रायल सहरका नाममा विभिन्न हिमाली जिल्लालाई समेट्ने गरी नयाँ सहर बनाने निर्माण भएको सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रदेश २ तराई क्षेत्र भएकाले योबाहेकका प्रदेशलाई समेट्ने गरी हिमाली ट्रान्स ट्रायल सहरको योजना अगाडि सारिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
छनोटमा परेका सहरमा प्रदेश १ अन्तर्गत सोलुखुम्बुको लुक्ला, संखुवासभाको नुङ भ्याली र किमाथाङ्का, ताप्लेजुङको फुङलिङ, घुन्सा र ओलाङचुङगोला रहेका छन्। प्रदेश ३ मा रसुवाको स्याफ्रुबेसी र देलखाको जिरी रहेको छ। गण्डकी प्रदेशको मुस्ताङको जोमसोङ र कागबेनी, मनाङको चामे, कर्णाली प्रदेशको हुम्लाको सिमिकोट, मुगुको गमगडी, डोल्पाको दुनै रहेका छन्। प्रदेश ७ मा बाजुराको मार्तडी र कोल्टीमा नयाँ सहर बनाउने गरी स्थान छनोट गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया