सब–वे स्टेशनमा हिलारी क्लिन्टनको नग्न प्रतिमा राखिदिएपछि…

बिजनेसपाटी ३ कार्तिक

मंगलबार अमेरिकाका लागि राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनकाे नग्न प्रतिमा सब बे स्टेशन बाहिर देखिएपछि केहीबेर त्यहाँको अवस्था बबाल भएको थियो ।  गएको अगस्ट महिनामा राष्ट्रपति पदका प्रत्यासी डोनाल्ड ट्रम्पको नग्न प्रतिमाले विश्वभर चर्चा पाएको थियो ।एक महिलाले नग्न प्रतिमा लडाएर त्यसैमाथि बसिदिएकी थिइन् । वरपर रहेका मानिसहरुले उक्त नग्न प्रतिमा नलैजाउन भनेर उनले त्यसो गरेको बताएकी थिइन् । निकै अश्लिल पारामा बनाइएको उक्त प्रतिमा म्यानह्याटनको सब बे स्टपमा हिलारीको चुनावी प्रचार चलिरहँदा राखिएको थियो ।

तर, यस घटनामा रहेका मानिसहरुले ट्रम्पको घटनामाभन्दा फरक व्यवहार देखाएका थिए । ट्रम्पको नग्न प्रतिमामा मानिसहरुले सेल्फी लिने काम गरेका थिए तर क्लिन्टनकाे प्रतिमामा भने मानिसहरुले त्यस्तो व्यवहार देखाएनन् ।  नग्न प्रतिमाबारे डेमोक्रेटिक पार्टीका प्रतिनिधि मेयर बिल डे ब्लासियो कुनै प्रतिक्रिया दिएका छैनन् । प्रहरीले भने क्लिन्टकाे नग्न प्रतिमा त्यहाँबाट हटाइएको र कसैलाई पनि कुनै कारबाही नगरिएको जनाएको छ । चुनावी प्रसारमा व्यस्त रहेका क्लिन्टनका सदस्यहरुले समेत कुनै प्रतिक्रिया दिन चाहेनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया