समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई कारबाही

काठमाडौँ ९ चैत्र

जाजरकोट – ढुवानीको जिम्मा लिएर समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई नेपाल खाद्य संस्थान जिल्ला शाखाले कारबाही गरेको छ । संस्थानले खाद्य संकट परेका बारेकोटस्थित घाट खाद्य डिपोमा चामल ढुवानी गर्न अटेर गर्ने सरोज एण्ड सपना सप्लायर्स भेरी २ लाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोडेको छ ।

एक हजार क्विन्टल खाद्य सामग्री ढुवानी गर्ने गरी ठेक्का स्वीकृति गराएको सो सप्लायर्सले ११९ क्विन्टल मात्र ढुवानी गरेको र अरु चामल ढुवानी गर्न आनाकानी गरेपछि कालोसूचीमा राखेर कारबाही गर्नुका साथै नयाँ ठेक्का ठेकेदारलाई ढुवानीको जिम्मा दिइएको शाखाका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्षमा नायकवाडाको घाट खाद्य डिपोका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो ।समयमा ढुवानी नगर्दा चामल लिन डिपो आएका सर्वसाधारण रित्तै फर्कन थालेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया