‘सम्बृद्धिका लागि बीमाले ठूलो भुमिका खेल्छ’ लुम्बिनी जनरल इन्स्योरेन्सको सिइओ प्रधानसँगको अन्तर्वार्ता

करिव पौने चार दशक जति समय बीमा क्षेत्रमा बिताएका श्री एनपी प्रधान लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । बि.स २०३६ सालमा बीमा क्षेत्रमा प्रवेश गरेका उनले आफ्नो करिअरको सुरुवातको ८ वर्ष नेशनल इन्स्योरेन्समा काम गरेर विताएका थिए । त्यसपछि उनी नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्समा गएर १९ वर्षसम्म काम गरे ।
त्यसपछी ९ बर्ष उनी एनएलजी इन्स्योरेन्समा उच्च तह व्यवस्थापकको रुपमा काम गरे । त्यसलाई पनि विट मार्दै उनी हाल लुम्बिनी जनरल इन्स्योरेन्समा सिइओका रुपमा कार्यरत छन् ।
बीमा क्षेत्रका एक दिग्दज, वीज्ञ उनीसँग निर्जिवन वीमा क्षेत्र, लुम्बिनी जनरल इन्स्योरेन्सको वीमा गतिविधि र वीमा क्षेत्रको सम्भावना एवं चुनौतीबारे रिसव गौतमले लिएको अन्तर्वार्ता प्रस्तुत छ ।

१) लुम्बिनी जनरल इन्स्योरेन्सको अलिकति पृष्ठभुमी र यसले प्रदान गर्दै आएको सेवाको विषयमा केही प्रकाश पारिदिनुहोस् न ?

हामी स्थापनाको १५ बर्षमा छौ । २०६२ देखि सेवारत छौ । हाल आएर हामीले ४० ओटा शाखा तथा उपशाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएका छौ । हालसालै हामीले कृषि बीमातर्फ उत्कृष्ठ बीमा सेवा प्रदान गरे वापत सम्मानपत्र पनि प्राप्त गरेका छौ । उत्कृष्ठ बीमा सेवा प्रदान गर्नु हाम्रो प्रतिबद्धता हो । त्यही आधारमा हामी अहिले आइएसओ सर्टिफाइड कम्पनी पनि भएका छौ । बीमा भन्ने वित्तिकै दावी सेवा कस्तो छ ? दावी भुक्तानी सेवा भन्दाखेरी ०७२ सालको भुकम्पमा हामीले १८ महिना भित्र सम्पूर्ण दावी भुक्तानी गरिसकेका थियांै । अरु कम्पनीहरु भन्दा हामी अघाडी थियौं । साथै हामीले त्यसपछि ‘स्मार्ट क्लेम’ सर्भिस भनेर सुरु गरेका छौ । त्यस अन्र्तगत हामीले सकेसम्म छिटो, छरितो दावी भुक्तानीहरु उपलब्ध गराउने, कृषि बीमाको दावी हामीले ३० दिन भित्र गर्छौ र अरुमा हामीले ३ महिना देखि ६ महिनासम्ममा दावी फर्छौट गर्छौ ।

२) निर्जिवन बीमा कम्पनीहरुको अहिलेका चुनौतीहरु के देख्नुहुन्छ ?

निर्जिवन बीमातर्फ धेरै अप्ठेरा चुनौतीहरु पनि छन् । हाम्रो जस्तो सानो देशमा अहिले २० ओटा निर्जिवन बीमा कम्पनीहरु खडा भएका छन् । एउटा अस्वस्थ्य प्रतिस्पर्धाको माहौल त छदैछ । फेरी सबैबाट उत्कृष्ठ सेवा प्राप्त हुन्छ भन्ने पनि छैन । त्यो आफनो आफ्नो हिसावले चलिरहेका छन् । देशको आर्थिक विकास सोचे जस्तो र आवश्यकता अनुसार नहुनु नै बीमा क्षेत्रको सबैभन्दा ठुलो चुनौती हो । निर्जिवन बीमातर्फ कुरा गर्दाखेरी राष्ट्रिय आवश्यकतामा बीमा गर्ने भनिएको छ । तर आवश्यक आधारभुत आधारशिला खडा गरिएको छैन । जस्तो भनौ हामी नेपाललाई कृषि प्रधान मुलुक भन्छौ । ६५ प्रतिशत जनसङख्या कृषिमै निर्भर छ । तर के भन्दा मलकारखाना छैन देशमा । मल कारखाना किसानहरुका लागि ७ ओटै प्रदेशमा हुनुपर्थ्यो । सो भएका छैनन् । त्यस्तै नक्कली विउ विजन किनेर विना सिंचाई खेती गरिन्छ । त्यसमा पनि काम गर्ने जनशक्ति सबै विदेशतिर गएका छन् । सिँचाइको व्यवस्था नहुँदा, मल विउ विजनको व्यवस्था नहुँदा, आवश्यक जनशक्ति नहुँदा, समयमा रोगको निर्कौल नहुँदखेरी किसान वर्ग मर्कामा छन् । यस्तै पशुपक्षीतिर पनि त्यस्तै खाले समस्याहरु छन् । यस्तै कुराहरुले गर्दा चुनौतीहरु छन् जस्तो लाग्छ ।

३) बीमा कम्पनीहरु ग्राहकका दावी भुक्तानी गर्ने मामिलामा इमानदार छैनन् भन्ने जनगुनासाहरु पनि छन नी ?

उहाँहरुले दावी सम्बन्धमा गुनासो गर्नु स्वभाविक हो । तर हामीले व्यवसायिक हिसावले भन्नु पर्दा त्यो गुनासाहरु साँचो होइनन् । किनभन्दा उहाँहरु दावी फर्छौट भन्नुहुन्छ । त्यो तुरुन्तै मुखले भने जसरी हुने कुरा होइन । त्यसको लागि पनि कागजपत्र चाहिन्छ । कागजपत्र पुरा नभइकन हामीले दावी भुक्तानी दियौं भने हामी पनि कावार्हीमा पर्छौ । ती कुरामा नी ध्यान दिन पर्यो । र, सही ढंगले दावी गर्नु पर्यो । फ्रर्ड क्लेम हुनु भएन । १५ देखि २० प्रतिशतसम्म त्यस्तो आइरहेको छ । सही ढंगबाट उचित दावी गर्नुपर्यो । त्यो कारणले पनि हुन सक्छन् यस्ता गुनासाहरु । कुनै कम्पनीहरुमा केही ढिलासुस्ती भए पनि होलान् । तर सबैमा त्यस्तो छैन । हामीले चाँही समयमा भुक्तानी गर्ने गरेका छौ । त्यसमा कुनै शंका छैन । दावी पर्दाखेरी सर्भे हुन्छ । निरिक्षण हुन्छ । उनीहरुको प्रतिवेदन अनुसार तिर्नुपर्ने हुनाले त्यो आवश्यक कागजपत्र समयमा उपलब्ध नगराइदिनु भएको अवस्थामा सर्भेको रिर्पोट ढिला आउँछ । र, त्यसले गर्दा केही ढिला हुन जान्छ । अन्यथा त्यस्तो छैन ।

४) यस आर्थिक बर्षमा लुविम्नी जनरल इन्स्योरेन्सको योजनाहरु के छन ?

अहिले पनि हाम्रा शाखाहरु ४० को हाराहारीमा छन् । यस आर्थिक वर्षमा केही ठाउँमा शाखा विस्तार गरेर ५० ओटा पुर्याउँदै छौ । सेवालाई पनि चुस्त बनाउने छौ । दावी भुक्तानीकै कुरा आउँदा त्यसलाई कसरी हुन्छ छिटो छरितो गरौं भन्ने हाम्रो मुख्य ध्यान हुनेछ ।

५) जस्तो यहाँहरुले बैकास्योरेन्स सम्झौता गरिरहनु भएको छ । यो कस्तो सम्झौता हो र ग्राहकहरुले कसरी सेवा लिन सक्छन् ? 

खासमा, बैकका ग्राहकहरुलाई नै सेवा पुर्याउने हिसावले बैंकास्योरेन्स गरिरहेका हौ । किनभने बैकलाई हामीले एजेन्सी दिएको हुन्छौ र उहाँहरुलाई वीमा गर्ने गराउने अधिकार पनि दिएका हुन्छौ । अभिकर्ताको रुपमा उनीहरु अधिकार प्राप्त हुन्छन् । त्यो चाँही सुनिश्चितता के हुन्छ भने बैकको जो ग्राहक हुनुहुन्छ, उहाँहरुले बैकमार्फत बीमामा सेवा पाउनु हुन्छ ।

६) पछिल्ला बर्षहरुमा नेपालमा जिवन बीमा तथा निर्जिवन बीमा दुबै खालको बीमा गर्नेहरु बढेका छन् । बीमा कम्पनीहरु पनि बढेका देखिन्छन् । तर अझै पनि नेपालमा कुल जनसङख्याको ५ प्रतिशत मानिसहरु मात्रै यो सेवा लिइरहेका छन् । बाँकी बाहिरै छन् । तपाइ एउटा अनुभवी बीमा वीज्ञको हिसावले भन्नुपर्दा बीमा गर्नेहरु बढाउन के गर्न पर्ला ?

सबभन्दा पहिला त हामीले गरिवी घटाउनु पर्छ । नेपालमा अझै पनि ४० प्रतिशत मानिस गरिवीको रेखामुनी छन् । त्यसलाई शुन्यमा झार्नु प¥यो । शुन्यमा ल्याउनु पर्यो नेपाल सरकारले । आर्थिक उन्नती गर्नुपर्यो  । आय तथा रोजगारी बढाउनु पर्यो देशब्यापी रुपमा । त्यसपछि मात्रै खाने, लाउने र बस्ने समस्या मानिसहरुका दुर हुन्छन् । खान, लाउन र बस्न नपाएसम्म बीमा कसैले गर्दैन । बचत नभएसम्म बीमा हुदैन । बचत भएपछि बीमा गरिने हो । त्यसले गर्दाखेरी बीमा गर्नेहरुको आँकडा सानो देखिएको हो । तर यसलाई विकास गर्नका लागि सरकारले नै आर्थिक विकास र सम्बृद्धिको लागि जोड दिएर काम गर्नुपर्छ । सम्बृद्धिको लागि बीमा पनि अति जरुरी छ । जस्तो एउटा गाइ पालेको किसानले बीमा गरेको छ भने त्यो मर्दाखेरी अर्को गाइ किन्न सक्छ । यदी बीमा गरेको छैन भने किलो रित्तो हुन्छ । एउटा गाइ पाल्नेलाई बीमा गर्दा कुनै वित्तिय संस्थाले कर्जा पुर्याउँछ । उसले ५ ओटा गाई पनि पाल्न सक्ने आधार बन्छ । त्यसरी सम्बृद्धिको लागि बीमाले बडो ठुलो भुमिका खेल्छ । त्यस्तै ब्यापारीहरुका लागि पनि त्यसरी नै हो । जस्तो हवाइ जहाजको लागि पनि बीमा नगरी कुनै बैकले कर्जा दिँदैन । हवाइ जहाज चलाउनलाई पनि बीमा नगरी हुदैन । त्यसकारण आर्थिक सम्बृद्धिका लागि बीमाले ठुलो भूमिका खेल्छ ।

प्रकशित मिति २०७५-८-२९

फेसबुकबाट तपाईको प्रतिक्रिया