सयमा ९ पसलको मासुमात्रै खानयोग्य साउन १२

काठमाडौं–१२ श्रावण

उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा ९ वटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ । पशुपन्छी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो ।

मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो ।

अनुगमन टोलीले उपत्यकाका अधिकांश मासुपसलबाट बेचिने मासु खान लायक नभएको भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुनमगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खब छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया