सरकारको वजार अनुगमनशैली प्रति चेम्बरको गम्भिर आपत्ति

बिजनेसपाटी १९ कार्तिक ।

वर्ष भरीकै कारोवारको ४० प्रतिशतभन्दा वढी कारोवार हुने समय दशै, तिहार, छठ जस्तो नेपालीहरुको महान चाडको पूर्व सन्ध्यामा सरकारले वजार अनुगमनको क्रममा व्यवसायीहरुको कारोवार स्थलको सिलबन्दी गरेको, लामो समय सम्मसिलवन्दी गरी राखेको र सोको परिणामले व्यवसायीहरुनै बिस्थापितहुन पर्ने परिस्थिति सृजनाहुनलागेको देखिएको सन्दर्भमा व्यवसायी संघ संस्था, नेपाल चेम्वर अफ कमर्स एवं यस अन्तर्गतका व्यवसायी संगठनहरुको वैठकमा गम्भीर आपत्ती एवं चिन्ता व्यक्त गरेका छन् ।

बजार अनुगमनको क्रममा कानूनी प्रकृयाका अन्य बिकल्पहरु हुंदाहुंदै पनि दशै तिहार जस्तो व्यवसायीहरुको कारोवारको अत्यन्त महत्वपूर्ण समयमा सरकारद्धारा संकिर्ण मानसिकता र सस्तो लोकप्रियताको लागि गरिएका यस्ता कारवाइले व्यवसायीहरु अत्यन्त हतोत्साहित देखिएका छन भने सम्पूर्ण निजी क्षेत्रनै निरुत्साहित भएका छन । एकातर्फ उपभोक्ताहरुले आफ्नो छनौटका बस्तुहरु खरिद गर्न वंचित भएका छन भने अर्को तर्फ पिडित व्यवसायीहरु आफ्नो कारोवार स्थलमावर्षको एक पटक गर्नै पर्ने श्री लक्ष्मीको पुजा अर्चना गर्न नपाउने परिस्थिति सृजना भएको छ ।

अर्थतन्त्रमा संरचनागत परिवर्तन नै आवश्यकता रहेको सन्दर्भमा वस्तु तथा सेवाको मूल्य खुला अर्थतन्त्रमा सरकारले तोकेको वस्तुहरुमा वाहेक अन्य वस्तुहरुमा माग तथा आपूर्तिले निर्धारण गरिने हुंदा कालो बजार ऐनको कुनै सान्दर्भिकता नरहेको तर्फ नेपाल चेम्वर अफ कमर्स सरकारको ध्यानाकर्षण गराएको छ ।

व्यवसायीक बातावरणको निर्माणमा सरकार अझै उदास रही रहने हो भने सम्पूर्ण उद्योग व्यवसायवन्द गरी बिरोध गर्नुको बिकल्प नरहेको सहभागीहरुले वैठकमा बिचार व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया