सरकारमा किन अटाएनन् शेखर ?

काठमाडौं १० भदौ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयार गरेको मन्त्री बन्नेको सूचीमा डा. शेखर कोइरालाको नाम हटाएको छ ।

यसअघि पौडेल पक्षबाट कोइराला मन्त्री बन्ने चर्चा थियो । सभापति देउवाले पनि पहिलो चरणमै  शेखरलाई सरकारमा पठाउने तयारी गरेका थिए । तर उनी परराष्ट्र मन्त्रालय नपाएको भन्दी मन्त्री बन्न अस्वीकार गरेका थिए । बिहीबार पौडेल पक्षले तयार गरेको सूचीमा पनि कोइरालाको नाम हटाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

शेखरले भने आफू कुनै गुटबाट प्रतिनिधित्व गर्दै मन्त्री हुन इच्छुक नभएको बताउँदै आएका छन् । स्रोतका अनुसार नेविसंघको चुनावबाट पौडेल पक्षधर नेताहरु शेखरदेखि सशंकित भएका छन् । शेखरले सहयोग गरेका उम्मेदवारकै कारण नेविसंघको नेतृत्व गुमाउनुपरेको निष्कर्ष पौडेल पक्षको रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया