सरकारमा को आउँछ र जान्छ भन्नेमा नयाँ शक्तिलाई कुनै मतलब छैन: डा भट्टराई

झापा २२ श्रावण

पूर्वप्रधानमन्त्री एबम नयाँ शक्ति नेपालका संयोजक  बाबुराम भट्टराईले राजनीतिका महारथी ठान्नेहरुका कारण नै देशको सीमाङ्कन विवाद सुल्झिन नसकेको बताएका छन्।  शनिबार झापाको बिर्तामोडमा नयाँ शक्ति नेपालको प्रदेश नम्बर १ को कार्यक्रमलाई सम्बोधन गर्न आएका भट्टराईले भने, ‘जिल्ला वा गाउँलाई जस्ताको तस्तै राखेर संघीयता भन्नु जनता प्रतिको धोका हो।’ उनले माओवादी केन्द्र, कांग्रेस र एमालेले संघीयता र शासकीय स्वरुपका बारेमा अझै निर्णय दिन नसकेको समेत  बताए।

सो अवसरमा भट्टराईले भने ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा नगएसम्म नेपालले आर्थिक विकास र समृद्धिको दिशामा गति लिन सक्दैन,’

सरकारमा को आउँछ र जान्छ भन्नेमा आफ्नो पार्टीलाई कुनै मतलब नभएको पनि भट्टराईले वताए ।  संयोजक भट्टराईले भने ‘राष्ट्रियता र लोकतन्त्रको जगमा टेकेर आर्थिक समृद्धिमा जानुको विकल्प छैन” ।

फेसबुकबाट तपाईको प्रतिक्रिया