सरकारलाई अर्को कानुनी झमेला

काठमाडौं, १ चैत ।

नेपाल प्रहरीको महानिरीक्षक बढुवासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा मंगलबारबाट सरकारलाई अर्को कानुनी झमेला थपिँदै छ ।

आजको नागरिक दैनिकमा खबर छ– चिकित्सक दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षकको जिम्मेवारी पाएको मंगलबार मध्यरात एक महिना पुग्दैछ । प्रहरी नियमावली, २०७१ को नियम ४६ अनुसार निमित्तको अवधि एक महिनाभन्दा बढाउन पाइन्न ।

मन्त्रिपरिषद् निर्णयबाट गत फागुन २ मा डा. पोखरेललाई निमित्त महानिरीक्षक तोकिएको थियो ।

सरकारले मंगलबार मध्यरातसम्म अर्को व्यवस्था नगरे कानुनअनुसार पोखरेल नेपाल प्रहरीका कार्यवाहक महानिरीक्ष्क हुनेछन् । कार्यवाहक दिइसकेपछि फिर्ता गराउन नसकिने कानुनी अड्चनमा सरकार फस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया