सरकारलाई विदेशी पूँजी भित्र्याउने कानून नबनाउन आग्रह

विजनेश पाटी ÷ काठमाडौं २८ फागुन
संसदमा पेश गरिएको र विचाराधीन रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा व्यवस्था गरिएको प्रावधानहरुबारे नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ । राष्ट्रको समग्र विकासको लागि वैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पुँजी परिचालन गरि स्वदेसी सिपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन ।

वैदेशिक लगानी, आन्तरिक पूँजीले सम्भव नहुने उच्च प्रविधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’मा उपयुक्त हुन्छ । स्वदेशी ज्ञान, सिप र प्रविधिको परिचालन गर्न सकिने क्षेत्रहरु, जस्तै लघु उद्योग र घरेलु उद्योग अन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु, पशु पालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन, कार्गो सेवा एबं शैक्षिक परामर्स जस्ता अति महत्वपूर्ण व्यवसायहरुमा बैदेशिक लगानी भित्र्याउँदा त्यसबाट राष्ट्रलाई फाइदा भन्दा अन्तत्वगत्वा बेफाइदा नै हुन सक्छ । ति क्षेत्रहरुमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हँुदा पूँजी निस्क्रिय हुने सम्भावना हुन्छ जसले गर्दा जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशिलतामा ह्रास आउँछ । त्यसैले स्वदेशी सिप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रहरुमा बैदेशिक लगानीलाई प्रबर्दन नगर्न नेपाल चेम्बर अफ कमर्सले सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया